श्री लालीगुराँसमा सुरेन्द्र भण्डारीको ‘अर्कोधन्दा’ : आफन्त र नातागोतालाई शुन्य प्रतिशतमा ऋण !

Diyo post  

काठमाडौं, २७ भदौ । सहकारी सञ्चालकहरुले आफ्ना आफन्त, नातागोता र आफ्नै कम्पनीको नाममा ऋण लिने, ब्याज मिनाहा गर्ने मात्रै होइन शुन्य प्रतिशतमै ऋण दिने गरेका छन् । यस्तो कार्य गर्नेमाथि ऋण अपचलन र ठगीमा मुद्दा लाग्ने गरेको प्रशस्त उदाहरण छन् ।


पछिल्लो समय निकै विवादित र धरासयी बन्दै गएको श्री लालीगुराँस सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले यस्तो धन्दा चलाउँदै आएका छन् ।


सहकारी विभाग देखि विभिन्न निकायको छानबीनको घेरामा रहेका भण्डारीले आफ्ना आफन्तको नाममा शुन्य प्रतिशतमा ऋण दिने गरेको खुलाशा भएको हो । श्री लालीगुराँस सहकारीबाट सबैभन्दा शुन्य प्रतिशत ब्याजदरमा ऋण पाउने भण्डारीका आफन्तहरुको लामो फेहरिस्त छ ।


भण्डारीले गोरखाबाट काठमाडौं ल्याइएका पारिवारिक सदस्य हुन् – सफल भण्डारी । सफललाई भण्डारीले आफ्नै छोरा सरह व्यावहार गर्छन् । उनै सफलको नाममा शुन्य प्रतिशतमा ऋण निकाल्ने गरेको तथ्य फेला परेको छ । प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीसँगै बसेका उनले पटक पटक सहकारीबाट ऋण लिएका छन् ।


दियोपोस्टले प्राप्त गरेको स्टेटमेन्ट अनुसार सन् २०१७ अगस्ट ३ मा सफल भण्डारीको नाममा शुन्य प्रतिशतमा ऋण निकालेको देखिन्छ । उनले निकालेको शुन्य प्रतिशतको ऋण तिर्ने अवधी सन् २०२० अप्रिल २९ सम्मका लागि छ । एकाउन्ट नम्बर ०८६–००९४४–५ नम्बरमा पटक पटक शुन्य प्रतिशतमा ऋण प्रवाहा भएको छ ।


सर्वसाधरण ऋणको घर जग्गा र सम्पत्ति हत्याउन २१ प्रतिशत ब्याज र १५ प्रतिशत पेनाल्टीको नाममा मिटरब्याज धन्दा चलाउँदै आएका भण्डारीले सफलका लागि भने शुन्य प्रतिशत मात्रै होइन १४ प्रतिशत मात्रै ब्याज लिएर लाखौँ रकम दिइएको छ । पेनाल्टी रकम पनि शुन्य छ ।


उक्त मितिमा सहकारीबाट सफल भण्डारीले २१ लाख १० हजार रुपैयाँ निकालेका छन् । त्यो ऋण तिर्ने अवधि भने सन् २०२२ जनवरी ५ सम्म छ ।


दाईको नाममा शंकाष्पद कारोबार !


गोरखा थालाजुङका हुन् सुरेन्द्र भण्डारी । उनका दाजु अमृत भण्डारीलाई यतिबेला सबैन्दा फाइदा भएको छ । भाई श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी निर्देशक । सोही सहकारीबाट करोडौ रकम मनोमानी निकाल्ने मात्रै होइन् ब्याज मिनाहा पाउने भाग्यमानी व्यक्ति पनि उनै अमृत हुन् ।


शिर्षक नै नखुलाई अमृत भण्डारीको नाममा ३७ लाख ७५ हजार ऋण देखिन्छ । तर, यसरी दिएको लाखौ रकम ऋणमा ब्याज भने १३ प्रतिशत मात्रै तोकिएको छ । त्यही १३ प्रतिशत ब्याज पनि पटक पटक मिनाहा गरिएको छ ।


गोरखाकै मित्र भण्डारी पनि सुरेन्द्र भण्डारीका आफ्नै आफन्त हुन् । मित्र भण्डारीलाई सहकारीकै प्रतिनिधीको रुपमा विभिन्न व्यक्तिको घरजग्गा लिलामी गर्ने कार्यमा समेत पठाइन्छ ।

चितवन भ्रमणमा रहेका बेला लालीगुराँसको समुहसँगै बीचमा सेतो पहिरनमा सफल भण्डारी

उनैलाई पनि सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले शुन्य प्रतिशत ब्याजमा ऋण दिने गरेका छन् । मित्र भण्डारीको नाम उल्लेख गरिएपनि ऋण भने सुरेन्द्र भण्डारीले नै अपचलन गरेको स्रोतको दाबी छ । स्टेटमेन्ट अनुसार मित्र भण्डारीकै नाममा पटक पटक शुन्य प्रतिशतमा ऋण दिइएको छ ।

दियोपोस्टको समाचारमा जातिय गाली !


दियोपोस्टमा प्रकाशित शुक्रपथ सहकारीको ठगीधन्दाबारे प्रमाणसहितको समाचारमा सुरेन्द्र भण्डारीको छोरा हुँ भन्दै हिँड्ने सफल भण्डारीको कमेन्टमा विशुद्ध जातिय गाली छ ।

दियोपोस्टका प्रकाशक माथि उनले जातिय रुपमा गरेको कमेन्ट उनले ‘विश्वकर्मा जातिमाथि अपशब्द उल्लेख गरेका छन् ।

लालीगुराँस भित्रका अन्य बेथिति तलको लिंकमा पढ्नुहोस्

दियोपोस्ट समाचार प्रभाव : श्री लालीगुराँस सहकारीबाट सर्वसाधरणले शेयर फिर्ता माग्न थाले !

श्री लालीगुराँस सहकारीमा ‘किर्ते ‘ कागजपत्र बनाएर करोडौं घोटाला, सरकार मौन !

श्री लालीगुराँस सहकारीको ठगीधन्दा फलोअप : बहालवाला इन्सपेक्टर यसरी बनाइए ‘कंगाल’ !

‘ठगीधन्दाको समाचार रोक्न’ श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको दौडधुप !

फलोइङ अप :: श्री लालीगुराँस सहकारीले मेरो ७ करोडको सम्पत्ति खान यसरी ‘यातना’ दियो

श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्रको ‘धन्दा’ : ऋणीको सम्पत्ति खान श्रीमतीकै नाममा कम्पनि !

युवती मार्फत सुरेन्द्र भण्डारीको शंकाष्पद कारोबार : लालीगुराँसको १ करोड ऋण, ब्याज मिनाहा !

श्री लालीगुराँस सहकारीमा सुरेन्द्र भण्डारीको ‘मोज’ : आफैले लिए ३ प्रतिशतमा करोडौँ ऋण !

‘श्री लालीगुराँस सहकारीको ‘ठगीधन्दा’ : सवा २ करोड ऋण दिएर २१ करोडको सम्पत्ति कब्जा !

श्री लालीगुराँस सहकारीको ‘ठगी’ विरुद्ध उजुरीको चाङ : अख्तियारदेखि प्रहरीसम्म भण्डारीको सेटिङ !

श्री लालीगुराँस सहकारीमा ऋण अपचलनको ‘किर्तिमानी’ : भण्डारीकै कम्पनीलाई अर्बौं ऋण !

श्री लालीगुराँस सहकारीको रकममा भण्डारीको शंकाष्पद धन्दा : घरजग्गा दलाली गर्न करोडौँ ऋण !

श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको आर्थिक अपराध : आफन्तलाई पौने ४ करोड !

सम्बन्धित खबर