श्री लालीगुराँस सहकारीको ठगीधन्दा फलोअप : बहालवाला इन्सपेक्टर यसरी बनाइए ‘कंगाल’ !

दियो पोस्ट  

काठमाडौं, १९ साउन । नेपाल प्रहरीका बहालवाला इन्सपेक्टर (प्रहरी निरिक्षक) हुन् राज भण्डारी (नाम परिवर्तन) । अन्यायमा परेकाहरु न्यायका लागि प्रहरीको सहारा लिन पुग्छन् तर, प्रहरी निरीक्षक भण्डारीलाई भने ललितपुरको पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले लाखौँ रुपैयाँ ठगी गरेको छ । त्यति मात्रै होइन भण्डारीलाई जागिरबाट कारबाही गर्न समेत लालीगुराँस सहकारीले प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको खुलाशा भएको छ ।

दाङ स्थायी घर भएका भण्डारीले श्री लालीगुराँस सहकारीबाट वि.स २०६९ सालमा १७ प्रतिशत ब्याज बुझाउने सर्त सहित रु १० लाख ऋण लिएको रेकर्डमा देखिन्छ । तर, यता प्रहरी निरिक्षक भण्डारी भने आफूले सहकारीबाट अण्डा पसल खोल्नका लागि जम्मा १ लाख मात्रै ऋण लिएको बताउँछन् ।


स्टेटमेन्टमा भण्डारीले मासिक कति रकम किस्ता बुझाउनुपर्ने हो त्यो समेत उल्लेख छैन । उनले ऋणको लिएको समय अवधि भित्रै पटक पटक सहकारीलाई लाखौँ बुझाए । १० लाख ऋण लिएका भण्डारीले २०७४ असार ३१ गतेसम्म आउँदा सावाँ सहित २५ लाख ७५ हजार ५ सय ९३ रुपैयाँ २९ पैसा बझाए ।


आफूले लिएको ऋण भन्दा १५ लाख बढी बुझाएका भण्डारीलाई लागेको थियो ‘अब त क्लोज भयो’ । तर, सहकारीले उनकै नाममा अर्को ड्यु निकालेपछि भने उनी झस्किए ।

उनले फेरी २० लाख ५३ हजार चार सय ८८ रुपैयाँ बुझाउनुपर्ने भन्दै कर्मचारीले स्टेटमेन्ट दिएपछि उनी सहकारीबाट आफू नराम्रोसँग ठगीएको निष्कर्षमा पुगे ।

श्री लालीगुराँस सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको मनोमानी यतिसम्म थियो की उनले आफ्ना आफन्त, श्रीमती र उनकै स्वामित्वको कम्पनिहरुलाई शुन्य प्रतिशतमा ब्याजमा ऋण दिने गरेका थिए । तर, प्रहरी निरिक्षक भण्डारी जस्ता अन्य व्यक्तिलाई भने १७ प्रतिशत ब्याज र २१ प्रतिशत पेनाल्टीसम्म लगाइएको थियो ।

पीडित प्रहरी निरिक्षक भण्डारी श्री लालीगुराँस सहकारीबाट ठगीएको भन्दै मुद्दा मामिला गर्ने तयारीमा छन् ।

स्रोतका अनुसार प्रहरी निरिक्षक भण्डारीले ऋण चुक्ता गरेपनि उनको नाममा सहकारीले नै सुटुक्क रकम निकालेर हिनामिना गरेको थियो । यसविषयमा छानबीन गर्न माग भएपछि प्रहरी निरिक्षक भण्डारीलाई कारबाही गर्नका लागि लालीगुराँस सहकारीले प्रहरी प्रधान कार्यालयलाई उल्टै पत्र काटेको थियो ।

दियो पोस्टको सम्पर्कमा आएका पीडित भण्डारी यतिबेला प्रहरी सेवामै कार्यरत छन् । ‘त्यो सहकारीले मलाई डुबायो । मैले विभिन्न ठाउँमा न्यायको पहल गरिरहेको छु ।’

यो पनि

फलोइङ अप :: श्री लालीगुराँस सहकारीले मेरो ७ करोडको सम्पत्ति खान यसरी ‘यातना’ दियो

श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्रको ‘धन्दा’ : ऋणीको सम्पत्ति खान श्रीमतीकै नाममा कम्पनि !

युवती मार्फत सुरेन्द्र भण्डारीको शंकाष्पद कारोबार : लालीगुराँसको १ करोड ऋण, ब्याज मिनाहा !

श्री लालीगुराँस सहकारीमा सुरेन्द्र भण्डारीको ‘मोज’ : आफैले लिए ३ प्रतिशतमा करोडौँ ऋण !

‘श्री लालीगुराँस सहकारीको ‘ठगीधन्दा’ : सवा २ करोड ऋण दिएर २१ करोडको सम्पत्ति कब्जा !

श्री लालीगुराँस सहकारीको ‘ठगी’ विरुद्ध उजुरीको चाङ : अख्तियारदेखि प्रहरीसम्म भण्डारीको सेटिङ !

श्री लालीगुराँस सहकारीमा ऋण अपचलनको ‘किर्तिमानी’ : भण्डारीकै कम्पनीलाई अर्बौं ऋण !

श्री लालीगुराँस सहकारीको रकममा भण्डारीको शंकाष्पद धन्दा : घरजग्गा दलाली गर्न करोडौँ ऋण !

श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको आर्थिक अपराध : आफन्तलाई पौने ४ करोड !