दुबईबाट दियोपोस्टकर्मीलाई धम्की दिने कोमलराज उपाध्याय ईन्टरपोल मार्फत पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । २०७८ साल पुस १५ गते दियोपोस्ट डटकममा ‘भिजिट भिषामा काम गर्न दुबई गएका २ सय जना नेपाली सेनाका जवान विचल्ली, यी हुन् दलाल’ शिर्षकमा समाचार प्रकाशित भएको थियो । दियोपोस्टले दलाल नै किटान गरेर समाचार प्रकाशित गरेपछि दुबईमा रहेर ठगीधन्दा गर्दै आएका र नेपाली विचल्ली बनाउने गिरोहका नाइके कोमलराज उपाध्यायले तत्कालै दियोपोस्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई फोन गरेर नेपालमा डिआइजी लगाएर पक्राउ गर्ने धम्की दिएका थिए ।

उनी आफ्नो समहु लिएर नेपाल आएर दियोपोस्टकर्मीलाई घेराबन्दी गरेर आक्रमणको प्रयास समेत गरेका थिए । तर, दियोपोस्टले निरन्तर ठगी मानवतस्करीबारे कलम चलाउँदै आयो । उनै दुबई पुगे लगत्तै दुबई प्रहरीको नियन्त्रणमा आए । लामो समयदेखि दुबईमा त्रिनेत्र म्यानेजमेन्ट नामक कम्पनि मार्फत ठगी र मानवतस्करी गर्दै आएका उनी त्यहाँ नै पक्राउ मात्रै परेनन लामो समय जेल समेत बसे ।

यता उनकी श्रीमती रञ्जना ढकाल उपाध्यायसहितको समुहलाई प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सीआइब्ीले पक्राउ गर्यो । श्रीराम रानाभाटसहित ८३ जना पीडितहरुको जाहेरीको आधारमा प्रहरीले कोमल उपाध्यायलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो । दुबईमा हिरासतमा रहेपनि उनी नेपाल प्रहरीको फरार सुचीमा थिए ।

उनै कोमलराज उपाध्यायलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)को सहयोगमा पक्राउ गरिएको छ । उनलाई सीआइबीको टोलीले जिल्ला अदालत काठमाडौंमा बुझाएको छ । सीआइबीका अनुसार उपाध्यायको समुहले २ करोड ६३ लाख ५४ हजार ६ सय १० रुपैयाँ ठगी गरेको उजुरी छ । उनी विरुद्ध ईन्टरपोलले २०७९ वैशाख २७ गते रेड कर्नर नोटिस जारी गरेको थियो । उनलाई सीआइबीले मंसिर २९ मा नेपाल झिकाएको थियो ।

यस्तो थियो समाचार

भिजिट भिषामा काम गर्न दुबई गएका २ सय जना नेपाली सेनाका जवान विचल्ली, यी हुन् दलाल !

 

दियोपोस्टलाई समाचार दिएको भन्दै नेपालमा पीडितलाई धम्की, दुबईमा निर्दोष नेपाली अपहरण !

 

यी हुन् दुबईमा बिचल्ली नेपाली : दलालद्वारा एकै नेपालीबाट ७ लाखसम्म असुली (विवरणसहित)

 

भिजिट भिषामा दुबई मानव तस्करी गर्ने गिरोहले श्रीमतीलाई समेत धन्दामा सामेल गराएको खुलाशा !

डिआइजी लगाएर नेपालमा दियोपोस्टकर्मीलाई पक्राउ गर्ने दुबईबाट ‘मानव तस्कर’को धम्की !

दुबईमा नेपालीमाथि कोमल समुहको यातना : ‘मध्यरातमा सडकमा छाडिदिए, पानी खाने पैसा समेत छैन’ (भिडियाे)

दुबई मानव तस्करी ‘फलोअप’ : नेपाली बिचल्ली बनाउने ‘दलाल’को नेपालमा म्यानपावर !

कोमल उपाध्यायले भिजिट भिषामा दुबई पुर्याएका १९ नेपाली दुबईको जेलमा !

 

 

‘मानव तस्कर कोमलराज उपाध्याय’ले दुबईमा बिचल्ली बनाएका नेपाली यस्तो अवस्थामा छन् (भिडियो)

 

 

 

सम्बन्धित खबर

सिफारिस