दुबईमा नेपालीमाथि कोमल समुहको यातना : ‘मध्यरातमा सडकमा छाडिदिए, पानी खाने पैसा समेत छैन’ (भिडियाे)

diyopost.com
दियो पोस्ट  शनिबार, माघ १५, २०७८ | २१:३३:४९

 

काठमाडौं । भिजिट भिषाको नाममा दुबई मानव तस्करी गर्दै आएको गिरोहका नाइके कोमलराज उपाध्यायको समुहले दुबईमा रहेका नेपालीलाई थप यातना दिन थालेको छ ।

दियोपोस्ट डटकमले उपाध्यायले नेपालबाट भिजिट भिषामा मानव तस्करी गरेर दुबईमा सयौँ नेपालीलाई विचल्ली बनाएको खबर ‘ब्रेक गरेपछि’ केही नेपाली फर्किएका थिए । तर, त्यहाँ रहेका अन्य नेपालीलाई भने उनले चरम यातना दिएका छन् । समाचार दिएको भन्दै केहीलाई अपहरण समेत गरेका उपाध्याय समुहले क्याम्पमै रहेका केही नेपालीलाई मध्यरातमा क्याम्पबाट सडकमा पुर्याएर विचल्ली बनाएका छन् । तर, सयौँ नेपाली यसरी विचल्ली परिरहेको खबर आउँदा समेत सरकारका श्रम मन्त्री किसान कुमार श्रेष्ठ भने दलालकै भर परेर उद्दार हुने अपेक्षामा कुरिरहेका छन् ।

‘क्याम्पबाट राती साढे १ हामीलाई निकालियो । अहिले हामीलाई सडकमा लगेर विचल्ली बनाइएको छ । खाने पानी समेत छैन,’ ती नेपालीले दियोपोस्टसँग भने,‘अहिले हामी मर्ने बाँच्ने अवस्थामा पुगेका छौँ ।’ उनका अनुसार यसरी विचल्ली हुनेहरु २८ जना छन् ।

यसरी विचल्ली भएका नेपालीहरुले भिडियो नै दियोपोस्टलाई उपलब्ध गराएका छन् । ‘हामी कहाँ जाने हो के गर्ने हो थाहा छैन । हामीलाई यसरी रुमबाट बाहिर निकालिएको छ । तिमीहरुलाई अर्को रुममा लान्छु भनेर बाहिर यसरी सडकमा ल्याएर विजोक बनाएर राखिएको छ,’ भिडियोमा एक नेपालीले भनेका छन्,‘यहाँबाट कता जाने थाहा छैन । सुत्ने ठाउँ पनि छैन । भोक लागिरहेको छ पानी खान पैसा समेत छैन ।’

भिजिट भिषामा मानव तस्करी गर्दै आएका उपाध्यायको स्वमित्व रहेको त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सीले प्रति व्यक्ति ८ लाख रुपैयाँसम्म ठगी गरेर दुबईमा नेपाली बिचल्ली बनाउँदै आएको छ । केही नेपालीहरु दलालकै पैसामा फर्किएपनि आम रुपमा उद्दार हुन सकेको छैन । मानव तस्करीमा प्रत्यक्ष समलग्न रहेका उपाध्यायलाई सरकारले पक्राउ समेत गर्न सकेको छैन । उनले आफ्नी श्रीमती रञ्जना ढकाल प्याकुरेल र आफ्नै खातामा भिजिट भिषामा दुबई जाने नेपाली युवाबाट लाखौँ रकम असुली गर्दै आएको पुष्टि भएसकेको छ ।

रोजगारी र आकर्षक तलब दिन्छु भन्दै कोमल मार्फत दुबई पुर्याइएकाहरु नेपाली युवाहरु केही फर्किएका छन् । उनीहरुलाई श्रम मन्त्री श्रेष्ठले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका थिए । तर, पत्रकार सम्मेलनकै बेला श्रेष्ठको मोबाइल नम्बरमा तस्करीका नाइके कोमलले फोन गरेका थिए ।

प्रहरी वा सरोकारवाला निकायले पक्राउ गरेर नेपाल ल्याउनुपर्ने उपाध्यायले मन्त्रीसँग सिधै फोन गरेको भिडियो नै सार्वजनिक भएपछि मन्त्रीको उनीसँगको सम्बन्ध समेत प्रश्नको घेरामा परेको छ । त्यति मात्रै होइन सरकारकै अन्य निकायले उनलाई इन्टरपोल मार्फत नेपाल ल्याउनुपर्नेमा मन्त्री श्रेष्ठले आफै प्रहरी लिएर दुबई आउँछु भन्दै आलोकाँचो धम्की दिएका थिए ।

 

दुबईमा विचल्ली परेकालाई चाँडो उद्दार गर्नुपर्ने आफ्नै दायीत्व विर्सिएर मन्त्री श्रेष्ठले तस्करीका अभियोगी उपाध्यायलाई नै युवाहरुलाई नेपाल पठाउन सहयोग गर्न याचना गरेको भिडियोमै देख्न सकिन्छ । मन्त्री श्रेष्ठको आलोकाँचोपनकै कारण भिजिट भिषामा खुलमखुला मानव तस्करी गर्ने उपाध्याय समुहलाई उन्मुक्ति मिलिरहेको छ ।

श्रम मन्त्री किसान श्रेष्ठको ‘पागलपन’ पत्रकार सम्मेलनमै ‘मानव तस्करसँग’ नाटकीय डिल !

 

यी हुन् दुबईमा बिचल्ली नेपाली : दलालद्वारा एकै नेपालीबाट ७ लाखसम्म असुली (विवरणसहित)

दुबई मानव तस्करी ‘फलोअप’ : नेपाली बिचल्ली बनाउने ‘दलाल’को नेपालमा म्यानपावर !

‘मानव तस्कर कोमलराज उपाध्याय’ले दुबईमा बिचल्ली बनाएका नेपाली यस्तो अवस्थामा छन् (भिडियो)

दियोपोस्टलाई समाचार दिएको भन्दै नेपालमा पीडितलाई धम्की, दुबईमा निर्दोष नेपाली अपहरण !

BREAKING :: दियोपोस्ट समाचार प्रभाव : भिजिट भिषामा मानव तस्करी गर्ने कोमल प्याकुरेल दुबईमा पक्राउ !

फलोअप : यस्तो छ दुबई मानव तस्करी गर्ने ‘गिरोह’ले श्रीमतीलाई ‘दलाल’ बनाएको प्रमाण !

भिजिट भिषामा दुबई मानव तस्करी गर्ने गिरोहले श्रीमतीलाई समेत धन्दामा सामेल गराएको खुलाशा !

भिजिट भिषामा काम गर्न दुबई गएका २ सय जना नेपाली सेनाका जवान विचल्ली, यी हुन् दलाल !

सम्बन्धित खबर