भारतमा दुर्गन्ध फैलाएपछि कारबाहीमा परेको कम्पनीले पायो पोखरामा फोहोरमैला प्रशोधनको ठेक्का !

दियोपोस्ट संवाददाता  

कास्की । पोखरा महानगरपालिकाले वडा नम्बर ३३ स्थित झाँक्रीखोलामा निर्माण गर्ने फोहोर प्रशोधन केन्द्रको ठेक्का पाउने भारतीय कम्पनि दुर्गन्ध फैलाएको आरोपमा कारबाहीमा परेको पाइएको छ ।

भारतको नागपुर नगर निगमले सस्टेनेवल बिजनेश डेभलेपमेन्ट कर्पोरेशन लिमिटेड (ससबिडिई)लाई कारबाही गरेको हो । नेपालमा पोखरा महानगरपालिकाले गत मंसिर २ गते ससबिडिई टेरासोल्भ रिन्युवेवल जेभीलाई वडा नम्बर ३३ स्थित झाँक्रीखोलामा ८० करोड लागतमा फोहोरमैला प्रशोधन केन्द्र निर्माणको ठेक्का दिएको थियो ।

भारतको नागपुर नगर निगमले भान्डेवाडी डम्पिङ यार्डको भद्रगोललाई लिएर कारबाही गरेको थियो ।
नागपुरको भान्डेवाडी डम्पिङ यार्डमा फोहोर व्यवस्थापनमा भएको लापरबाही र दुर्गन्धलाई लिएर नागपुर नगर निगम (एनएमसी) कडा कारबाही गरेको भेटिएको हो । भारतबाट प्रकाशित ईन्डिया टाइम्सका अनुसार वैज्ञानिक पद्धतिबाट फोहोर प्रशोधन गर्ने र बायोग्यास बनाउने प्रतिबद्धताका बावजुद त्यहाँको अवस्था निकै खराब देखिएपछि निगमले नेदरल्याण्ड्समा आधारित कम्पनी सस्टेनेबल बिजनेस डेभलपमेन्ट कर्पोरेशन लिमिटेड (ससबिडिई) लाई कारबाही गरेको हो ।

नगर निगमले उक्त कम्पनीलाई ’कारण देखाऊ’ नोटिस जारी गर्दै ३० लाख रुपैयाँ जरिवाना तिराउने प्रस्ताव गरेको थियो । फोहोर प्रशोधन गर्न असफल भएको र उत्पादन भएका उप–उत्पादनहरू (द्यष्यउचयमगअतक) नहटाएको भन्दै यो कदम चालिएको हो ।

५५ एकडमा फैलिएको भान्डेवाडीमा त्यतिबेला १० लाख मेट्रिक टनभन्दा बढी पुरानो फोहोर थुप्रिएको ईन्डियन टाइम्सले जनाएको छ ।दैनिक १,३०० देखि १,४०० मेट्रिक टन फोहोर डम्प गरिने भएपनि कम्पनीले केवल ७५० मेट्रिक टन मात्र प्रशोधन गरिरहेको भेटिएपछि कारबाही गरिएको थियो ।

स्थलगत निरीक्षणका क्रममा ४०,००० टन अारडिएफ (फोहोरबाट बनेको इन्धन) र ५८,००० टन ओसिलो कम्पोस्ट मल त्यत्तिकै अलपत्र अवस्थामा भेटिएको थियो। यसले गर्दा वरपरका आवासीय क्षेत्रमा असह्य दुर्गन्ध फैलिएको र जनस्वास्थ्यमा जोखिम बढेको भन्दै कारबाही गरेकाे भारतीय संचार माध्यमकाे भनाइ छ ।

यो कम्पनीलाई नयाँ फोहोर व्यवस्थापन गर्ने र त्यसलाई मलमा बदल्ने जिम्मेवारी दिइएको थियो । तर, काम प्रभावकारी नभएपछि निगमकी सुपरिटेन्डिङ इन्जिनियर श्वेता बनर्जीले कम्पनीलाई जवाफ दिन ४८ घण्टाको समय दिएकी थिइन् ।

अचम्मको कुरा त के छ भने, यही कम्पनीलाई सन् २०२३ को सम्झौता अनुसार अर्को ३० एकड जग्गामा नयाँ बायोग्यास प्लान्ट बनाउने जिम्मा पनि दिइएको थियो । कम्पनिले कुशल काम नगरेको र फोहोरबाट दुर्गन्ध फैलिएको भन्दै आन्दोलन गरेका थिए ।

पोखरा महानगरपालिकाले टेरासोल्भ र ससबिडिईलाई जोइन्ट भेन्चरमा फोहोर प्रशोधनको ठेक्का दिएको थियो । नक्कली हस्ताक्षर रहेको शंकाष्पद कागजात पेश गरेपनि मेयर धनराज आचार्यसहितको कार्यपालिका बैठकले यो कम्पनिलाई पहिलो नम्बरमा राखेर छनौट गरेका थिए ।

‘शंकाष्पद’ कागजातको आधारमा झाँक्रीखोलामा ८० करोडको फोहोर प्रशोधन केन्द्रको ठेक्का !

रिठ्ठेपानी डाँडा कटानमा ३२ करोड ‘भ्रष्टाचार’, माटो निकासीमा २७ करोड रोयल्टी गायब !

सेती नदीको किनारमा फोहोर पुर्दा चरम अनियमितता, मणिपालकै साझेदारलाई भुक्तानी !

पोखराका मेयर धनराज आचार्यले फोहोर गाड्न निर्देशन दिएको स्थल ‘सामुदायीक वन क्षेत्र’ !

पोखराका मेयर र डिआइजी आचार्यकै मिलेमतोमा फेवाताल पुरेर क्याफे तयार, डाँडा काटेर पाँच तारे होटल !

 

सिफारिस