काठमाडौं । पोखरा महानगरपालिका र नागरिक उडयन प्राधिकरणको मिलेमतोमा रिठ्ठेपानी डाँडा कटान र माटो निकासीमा चरम भ्रष्टाचार भएको पाइएको छ । महानगरको क्षेत्राधिकार भित्र रहेको रिठ्ठेपानी बानियाँ पाखा डाँडास्थित ३९ वटा कित्ताको ८६ रोपनी १ आना डाँडा कटानमा ३२ करोड भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान टोली बनाएर अनुसन्धान गरिरहेको छ ।
पोखरा क्षेत्रिय विमानस्थल आयोजनाले उक्त जग्गहरु आइकाओ को वर्गिकरणमा रनवेयलाई समस्या बनाउन सक्नेभन्दै ३० मिटर कटान गर्न ठेक्का खुलाएको थियो ।
आईई प्रतिवेदन अनुसार उक्त डाँडा कटानबाट निस्कने ११ लाख ६ हजार २ सय ७३ घनमिटर माटो मध्ये ३५ हजार ७ सय ७४ घनमिटर माटो सोही स्थानमा फिलिङ गर्ने उल्लेख छ । बाँकी रहेको १ लाख ७० हजार ४ सय ४९ घनमिटर माटो स्वयं जग्गाधनीहरुले विक्री गरेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । जग्गाधनी गोविन्द्र प्रसाद तिमिल्सिना समेतका जग्गाधनीलाई तत्कालिन मेयर मान बहादुर जिसीले २०७६ जेठ ४ गते ५० हजार घनमिटर माटो कटा गरि महानगरले तोकेको आर्थिक ऐन अनुसार प्रति घनमिटर ७२ ले हुन आउने ३६ लाख राजश्व लिएका थिए । माटो कटान सम्पन्न भएको भनिएपनि हालसम्म पनि रिठ्ठेपानी डाँडा कटान रोखिएको छैन । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र केही ठेकेदारको मिलेमतोमा डाँडा कटानको माटो ल्याण्डफिल साइटमा खाल्डो पुर्न र मैदी ताल, दिपाङताल र रुपा ताल लगायतको क्षेत्रमा रहेको सिमसार क्षेत्र पुर्ने कार्यमा प्रयोग भएको छ ।

अख्तियारले विशेष अदालतमा बुझाएकाे अभियाेगपत्र
पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्य निर्वाचित भएपछि आएपछि जारी भएको आर्थिक ऐन, २०८० अनुसार लाग्ने रोयल्टी रकम २४ करोड ४९ लाख ७ हजार ७ सय ६० मा लाग्ने मुल्य अभिवृद्धिकर ३ करोड १८ लाख ३८ हजार ९ रुपैयाँसहित २७ करोड ६७ लाख ४५ हजार ७ सय ६९ रकमका विषयमा छानबीन गर्नुपर्ने महालेखा परिक्षकको रिपोर्टमा उल्लेख छ ।
पोखरा महानगरपालिकाले भने उक्त रोयल्टीका बारेमा नागरिक उडयन प्राधिकरण र विमानस्थल निर्माण गर्ने चिनियाँ कम्पनिसँग विवरण माग्दा नपाएको प्रतिक्रिया दिने गरेको छ । पोखरा विमानस्थलको ८ अर्ब भ्रष्टाचार मुद्दामा अभियोजन गर्ने क्रममा अख्तियारले यो माटो खरिद र ठेक्का तथा माटो विक्रीमा चरम भ्रष्टाचार भएको उल्लेख गरेको थियो ।

पोखरा विमानस्थलमा फोहोरबाट विद्युत निकाल्ने भन्दै करोडौँ डलर भुक्तानी भएको थियो । तर, विद्युत निकाल्नुको सट्टा फोहोर ट्रकमा हाल्ने र सेतिको किनारमा फाल्ने गरिएको छ । यो फोहोर मैला व्यवस्थापनमा महानगरपालिका समेत सहकार्य गर्दै आएको छ । पोखरा विमानस्थलेको ८ अर्ब भ्रष्टाचारको आरोपी तथा भक्तपुरको नालिन्चोक हेलिप्याड निर्माणको क्रममा भएको १३ करोड भ्रष्टाचार आरोपमा हाल कारागारमा रहेका नागरिक उडयन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदिप अधिकारी र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य फोहोर मैला प्रशोधन केन्द्र निर्माणका लागि विभिन्न स्थानको खोजीमा लागेका थिए ।
चीनको एक्जिम बैंकको ऋण र चीनकै वाणिज्य मन्त्रालयको अनुदान सहयोगमा करिब २२ अर्ब भन्दाबढी लगानीमा निर्माण भएको भनिएको उक्त विमानस्थलमा सम्झौता अनुसारको संरचना नै बनेको छैन ।

फोहोरबाट विद्युत निकालिएको भन्दै ५ करोड रुपैयाँ भन्दा बढि भुक्तानी गरिएको प्रमाण
विमानस्थलमा सम्झौता अनुसार ‘वेस्ट बर्निङ स्टेशन’ निर्माण हुनुपर्ने हो । विमानस्थलबाट निस्कने फोहोरलाई एक ठाउँमा जम्मा गरि जलाएर विद्युत उत्पादन गर्ने लक्षसहित ‘वेस्ट बर्निङ स्टेशन’ निर्माण गर्नुपर्ने सम्झौतामै उल्लेख छ । जसका लागि ३ लाख ५६ हजार डलर अर्थात पौने ५ करोड लगानीमा सोलिड वेस्ट म्यानेजमेन्ट सिस्टम स्थापना गर्ने सम्झौतामा उल्लेख छ ।
चीन सरकारले स्थापना गरेको अन्तर्राष्ट्रिय विमानस्थलको मापदण्डमा पनि वेस्ट बर्निङ स्टेशन हुनुपर्ने एक चिनिया अधिकारी बताउँछन् । तर चीनको एक्जिम बैंक, नेपाल नागरिक उडयन प्राधिकरण, अर्थ मन्त्रालय तथा नेपालस्थित चिनियाँ राजदूतावासले नेपाल र पोखरेली जनतालाई गुमराहमा राखेको ती चिनियाँ नागरिक बताउँछन् ।

चिनियाँ ठेकेदार, भ्रष्टाचार आरोपी अधिकारी र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको मिलेमतोमा रिठेपानी डाँडा कटान गरेर ल्याण्डफिल साइड पुर्ने माटोमा समेत घोटाला हुनुले पोखरा ३३ मा निर्माण गर्ने भनिएको फोहोर प्रशोधन केन्द्र समेत शंकाको घेरामा परेको छ । पोखरा महानगरपालिकाले निजि साझेदारी परियोजना अनुसार झाँक्री खोलामा निर्माण गर्ने भनिएको फोहोर प्रशोधन केन्द्रमा मेयर धनराज आचार्यको अस्वभाविक संलग्नता छ । उनले महानगरको बजेट मार्फत विचौलिया लगाएर स्थानियको जग्गा बैना गर्नेदेखि ठेकेदार छनौटमा समेत आफ्ना मान्छे खोजिरहेका छन् ।

महालेखा परिक्षकको अघिल्लो आर्थिक वर्षको प्रतिवेदन अनुसार रिठ्ठेपानी डाँडा कटानका लागि नागरिक उडयन प्राधिकरणले २०७९ मंसिर २५ गते २८ करोड ५८ लाख रुपैयाँ भ्याट बाहेकको रकममा डाँडा कटान गर्न ठेक्का दिएको थियो । ठेक्का लगाउँदा ४ लाख २० हजार ४ सय २८ घनमिटर माटो उत्खनन् गर्ने भनिएको थियो । तर, ठेकेदार तथा स्थानिय जनप्रतिनिधि र भ्रष्टाचार आरोपी पोखरा विमानस्थल आयोजना निर्माण पक्षले ११ लाख ६ हजार घनमिटर माटो उत्खनन् भएको छ ।
उत्खनन् भएका ती माटोहरु प्रति टिप ७ हजारका दरले पोखराका विभिन्न सिमसार क्षेत्रमा मेयर र ठेकेदारकै मिलेमतोमा स्थानिय जनतालाई विक्री गरिएको छ । जसबाट ठेकेदार, जनप्रतिनिधिले १ अर्ब भन्दा बढीमा विक्री गरेको स्थानियहरु बताउँछन् । त्यसो त अहिलेपनि यो डाँडा कटान भइरहेको छ माटो विक्री भइरहेको छ ।
पोखरा विमानस्थलमा चीनियाँ कम्पनीको बद्मासी : फोहोरबाट विद्युत निकाल्ने ‘स्टेशन गायब’ !
दियोपोस्टले खुलाशा गरेको पोखरा विमानस्थल भ्रष्टाचार सम्बन्धी खबर न्यु ओर्क टाइम्समा प्रकाशित
पोखरा महानगरको फोहोरमैला प्रशोधन केन्द्रको जग्गा खरिदमा ‘घोटाला’ : बिचौलियाको बैनापट्टा !
सेती नदीको किनारमा फोहोर पुर्दा चरम अनियमितता, मणिपालकै साझेदारलाई भुक्तानी !
पोखराका मेयर धनराज आचार्यले फोहोर गाड्न निर्देशन दिएको स्थल ‘सामुदायीक वन क्षेत्र’ !
पोखराका मेयर धनराजको अर्को ‘भ्रष्टाचार काण्ड’ : २० करोड रुपैयाँ राजश्व घोटालाको प्रमाण !
पोखरा महानगरका मेयर धनराजको आफन्तवाद : भाईको जग्गामा सरकारी बजेटबाट वाल !
‘२० करोड छुट प्रकरण : अख्तियारद्वारा पोखरा महानगरपालिकामा छापा, मेयर धनराजको पद धरापमा !
पोखरा महानगरमा ‘भ्रष्टाचार’ र अनियमितताको चाङ : ३ अर्ब बेरुजु, १० औँ करोड खाताबाटै गायब !
अख्तियारले नदेखेको पोखरा महानगरको ‘भ्रष्टाचार’ : सवा अर्बको लगानी, बालुवामा पानी !