दियोपोस्टले खुलाशा गरेको पोखरा विमानस्थल भ्रष्टाचार सम्बन्धी खबर न्यु ओर्क टाइम्समा प्रकाशित

दियो पोस्ट  

काठमाडौं । दियोपोस्ट डटकमले खुलाशा गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको घोटाला प्रकरणले अन्तर्राष्ट्रिय रुप लिएको छ । यो खबर अहिले अमेरिकाबाट प्रकाशित हुने न्युओर्क टाइम्सले समेत प्रकाशन गरेको छ । आज प्रकाशित खबर अनुसार पोखरा विमानस्थल निर्माणमा चरम लापरबाही मात्रै भएको छैन । उक्त विमानस्थल निर्माणका क्रममा भएको एउटा हत्याकाण्डलाई समेत गुपचुप पारिएको छ ।

नेपालबाट भद्र शर्मासहित ३ रिपोर्टरले सार्वजनिक तथ्य अनुसार पोखरा विमानस्थल निर्माण गुणस्तरहिन निर्माण सामग्री प्रयोग भएको छ ।

विमानस्थलको रनवे निर्माणमा माटो परिक्षण गरिएको छैन । लागन अनुमानमा गोलमाल गरिएको छ । जसबारे यसअघि नै दियोपोस्टले खबर प्रकाशन गरेको थियो । त्यस्तै प्रोजेक्ट म्यानेजर झू झानफेनले सने २०२२ को अन्त्यतिर मदिराले लठ्ठीएर उनले चलाएको टोयोटा हाइलक्सले देव कुमार तामाङ्गको हत्या गरेको थियो । तर, उक्त हत्याकाण्ड सेटिङ्गमै लुकाइको खबरमा उल्लेख छ ।

अदालत प्रहरीलाई समेत सेटिङ्ग गरेर पीडित परिवारलाई विमानस्थल मित्र कफि सप खोल्न दिने र झण्डै ७ लाख ६० हजार रुपैयाँ रकम दिनेगरि घटना मिलाइएको खबरमा उल्लेख छ । चीनको सिएएमसीले निर्माण गरेको यो परियोजनामा व्यापक अनियमितता भएको खबरमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

 

पोखरा विमानस्थलमा ठूलो ‘घोटाला’ : ‘कामचोर’ चिनियाँ कम्पनीलाई नेपालले बुझाउँदैछ २५ करोड !

पोखरा विमानस्थल निर्माणमा खर्च भएको २२ अर्ब ‘शंकाष्पद’ : चीनमा ७ अर्बमा बन्यो ठूलो विमानस्थल !

 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चरम लापरबाही : उडान नहुँदै भत्किन थालेको खुलाशा (तस्विरसहित)

पोखरा विमानस्थलमा चीनियाँ कम्पनीको बद्मासी : फोहोरबाट विद्युत निकाल्ने ‘स्टेशन गायब’ !