श्री लालीगुराँस सहकारीकै भवनमा युवतीलाई देखाएर सुरेन्द्र भण्डारीको यस्तो धन्दा !

दियोपोस्ट संवाददाता

काठमाडौं, २६ साउन । ललितपुरको पोल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको मुख्यालय रहेको भवनको भुँई तलामा एउटा रहस्यमयी फर्निचर हाउस् छ ।
होर्डिङ बोर्डमा home pro ‘होम प्रो’ लेखिएको छ ।

SONY DSC

होम प्रोमा पर्दा सोफा लगायत घरायसी सामग्री विक्री हुन्छ । श्री लालीगुराँस सहकारी भवनबाटै हुने उक्त कारोबारको भाडा भने अहिलेसम्म सहकारीले पाएको छैन । तर, सहकारीका प्रमुख कार्यकारी निर्देशक भण्डारीले होम प्रोको नाममा करोडौँ ऋण निकालेका छन् ।


प्रमुख कार्यकारी निर्देशक भण्डारीकै ‘महिला मित्र’ सब्बु सिंह भण्डारीले होम प्रो नामक कम्पनि मार्फत फर्निचरको कारोबार गर्दै आएकी छिन् ।

सब्बु तिनै हुन् जसलाई सहकारीले करोडौं ऋण दिए पनि ब्याज भने मिनाहा गरिरहेको छ । २१ हजारभन्दा बढी सर्वसाधरणको शेयर रकमबाट सञ्चालीत सहकारीमा भण्डारीको मनोमानी यतिसम्म छ की ती महिलाका लागि उनले सर्वसाधरणको डिपोजिट रकम नै दुरुपयोग गरिरहेका छन् ।


होम प्रोलाई कानुनी रुपमा अन्य व्यक्तिको नाममा राखिएपनि मुख्य योजनाकर्ता भने सुरेन्द्र भण्डारी नै हुन् । सर्वसाधरण ऋणीलाई २१ प्रतिशत ब्याज र १५ प्रतिशत पेनाल्टी लगाउँदै आएको श्री लालीगुराँसले होम प्रोलाई भने शुन्य प्रतिशत ब्याजमा ऋण दिएको पाइएको छ ।


दियोपोस्टले फेला पारेको स्टेटमेन्ट अनुसार उनले होम प्रोलाई सन् २०११ मै शुन्य प्रतिशत ब्याजमा करिब ७० लाख रुपैयाँ ऋण दिएको देखिन्छ ।


श्री लालीगुराँस सहकारीको स्टेटमेन्ट अनुसार होम प्रोलाई सन् २०१६ अप्रिल १७ मा ६५ लाख रुपैयाँ बिना धितो ऋण दिइएको छ ।


उनै सब्बुको नाममा सन् २०१२ मै ९९ लाख ५० हजार रुपैयाँ ऋण दिइएको थियो तर, उक्त ऋणको ब्याज भने मिनाहा गरिएको थियो । सहकारीकै भवनमा खोलिएको होम प्रो’ नामक कम्पनिबाट नक्कली बिल समेत बनाएर सहकारीबाट रकम लिइने गरेको एक कर्मचारीले बताए ।


युवतीको नाममा ‘होम प्रो’ धन्दा चलाउने सुरेन्द्र भण्डारी !


सहकारीका एक कर्मचारीका अनुसार उक्त होम प्रोले अहिलेसम्म सहकारीलाई कति भाडा तिरेको छ भन्ने रेकर्ड नै छैन । सहकारीले होम प्रोबाट करोडौंको सामान किनेको बिल भने नर्मल नै हुने गरेको छ ।

‘भ्याट बिल कहिल्यै आउँदैन । चीतवनको डेरी फर्म र सहकारीको ब्रान्च अफिसले वालपेपपर लगायत अन्य फर्निचरको सामान पनि होम प्रोबाट नै लैजाने गरेको छ,’ ती कर्मचारीले भने,‘यसरी सामान किन्दा पनि कमिशनकै खेल भइरहेको छ । बोर्डमा कहिल्यै छलफल नै हुन्न ।’


ती कर्मचारीका अनुसार चितवनमा रहेको लालीगुराँस डेरी फार्म निर्माणका लागि लिएको ऋणको कमिशनबाट प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले गोरखामा ठूलो महल नै खडा गरेका छन् ।

‘डेरीको नाममा होम प्रोबाट कार्पेट र पर्दाहरु मात्रै करोडौंको लगिएको छ । तर ती सबै सिइओ सरले घरमै लैजानु भयो,’ ती कर्मचारीले भने,‘सहकारी भनेको उहाँको लागि आप्नै बाबुको पसल जस्तो भएको छ ।’

लालीगुराँस भित्रका अन्य बेथिति तलको लिंकमा पढ्नुहोस्

चर्चित गायक रामकृष्ण ढकाल दम्पत्तिमाथी श्री लालीगुराँस सहकारीको चरम ज्यादती !

दियोपोस्ट समाचार प्रभाव : श्री लालीगुराँस सहकारीबाट सर्वसाधरणले शेयर फिर्ता माग्न थाले !

श्री लालीगुराँस सहकारीमा ‘किर्ते ‘ कागजपत्र बनाएर करोडौं घोटाला, सरकार मौन !

श्री लालीगुराँस सहकारीको ठगीधन्दा फलोअप : बहालवाला इन्सपेक्टर यसरी बनाइए ‘कंगाल’ !

‘ठगीधन्दाको समाचार रोक्न’ श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको दौडधुप !

फलोइङ अप :: श्री लालीगुराँस सहकारीले मेरो ७ करोडको सम्पत्ति खान यसरी ‘यातना’ दियो

श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्रको ‘धन्दा’ : ऋणीको सम्पत्ति खान श्रीमतीकै नाममा कम्पनि !

युवती मार्फत सुरेन्द्र भण्डारीको शंकाष्पद कारोबार : लालीगुराँसको १ करोड ऋण, ब्याज मिनाहा !

श्री लालीगुराँस सहकारीमा सुरेन्द्र भण्डारीको ‘मोज’ : आफैले लिए ३ प्रतिशतमा करोडौँ ऋण !

‘श्री लालीगुराँस सहकारीको ‘ठगीधन्दा’ : सवा २ करोड ऋण दिएर २१ करोडको सम्पत्ति कब्जा !

श्री लालीगुराँस सहकारीको ‘ठगी’ विरुद्ध उजुरीको चाङ : अख्तियारदेखि प्रहरीसम्म भण्डारीको सेटिङ !

श्री लालीगुराँस सहकारीमा ऋण अपचलनको ‘किर्तिमानी’ : भण्डारीकै कम्पनीलाई अर्बौं ऋण !

श्री लालीगुराँस सहकारीको रकममा भण्डारीको शंकाष्पद धन्दा : घरजग्गा दलाली गर्न करोडौँ ऋण !

श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको आर्थिक अपराध : आफन्तलाई पौने ४ करोड !

सम्बन्धित खबर