चर्चित गायक रामकृष्ण ढकाल दम्पत्तिमाथी श्री लालीगुराँस सहकारीको चरम ज्यादती !

दियो पोस्ट  

काठमाडौं, २२ साउन । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको आर्थिक अपराध सार्वजनिक हुन थालेपछि उनले ऋणीकै बद्नामी गर्न थालेका छन् ।


दियोपोस्ट डटकमले कार्यकारी निर्देशक भण्डारीले गरेको आर्थिक अपराधको लामो श्रङ्खला नै प्रकाशन गरिरहेको छ । पीडितहरुले सञ्चार माध्यमलाई खबर दिएको आशंकाको भरमा विभिन्न व्यक्तिको नाम पत्रिकामा छपाएर कार्यकारी निर्देशक भण्डारीले चरित्र हत्या नै गर्न थालेका छन् । सर्वसाधरणको डिपोजिट रकमबाट उनले देशका ठूला दैनिक पत्रिकामा सुचना छपाएर ऋणीको बद्नामी गर्न थालेका हुन् ।


श्री लालीगुराँसबाट फेरी शिकार बनाइएका पात्र हुन् – चर्चित गायक राम कृष्ण ढकाल

विज्ञप्तिमा उल्लेख गरिएका केशव पुरी, श्याम बहादुर खत्री, अन्जु पुरी लगायतको सम्पत्ति पनि लिलामी गरिसकेको छ । उनीहरुलाई पनि मानसिक तनाव र दबाव दिनका लागि उक्त सुचना निकालिएको पीडितहरुको आरोप छ ।

बुधबार कान्तिपुर दैनिकको १४ नम्बर पृष्ठमा ढकाल र उनकी श्रीमती निलम शाह ढकालले पौने ६ करोडभन्दा बढी श्री लालीगुराँस सहकारीलाई तिर्नुपर्ने सुचना निकालिएको छ । तर सहकारीले ढकालसँग करोडौं पैसा मात्रै लिएको छैन उनको ६ करोडभन्दा बढी मुल्य पर्ने घर पनि लिलामी गरेर आफै सकारिसकेको छ ।

आश्चर्य त के छ भने श्री लालीगुराँसले सकारेको उक्त घरमा सुरेन्द्र भण्डारीका आफ्नै दाई अमृत भण्डारी बस्छन् । २०७० सालमै भैँसेपाटीको मेडिसिटि अस्पताल नजिकै रहेको ढकालको भव्य महल श्री लालीगुराँस सहकारीले लिलामी गरी आफै सकारेको थियो ।


‘त्यतिबेला रामकृष्ण ढकाल ऋण चुक्ता गरेर घर फिर्ता लिन आउनु भएको थियो । तर, सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले घरको मुल्य बजार मुल्यभन्दा कयौँ गुणा बढी रकम दिनुपर्ने प्रस्थाब गर्नु भएको थियो,’ सहकारीमा लामो समयदेखि कार्यरत एक अधिकारी भन्छन्,‘देशका प्रतिष्ठित कलाकारलाई पनि यो सहकारीले चरम अन्याय गरेको छ ।’


उनको घर लिलामी गरिसकेपछि पनि श्रीमती निलम शाहा ढकालको नाममा २३ लाख रुपैयाँ ऋण बाँकी रहेको र ढकालको नाममा रहेको ब्याजलाई सावाँ बनाएर फेरी ब्याज लगाएको थियो । त्यतिबेला उनको घर लिलाम गरेपछि ५५ लाख ऋण बाँकी रहेको भन्दै सहकारीले अर्को टर्चर दिएको थियो । सोही ब्याजको ऋण बनाएर २ करोडभन्दा बढी ढकालले तिर्नुपर्ने भन्दै दुष्प्रचार गर्न थालेपछि ढकालले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेका थिए ।


‘सम्पत्ति लिलामी भइसकेको ऋणीको पनि ब्याज बढाउँदै जाने भन्ने वित्तिय संस्थाको नियम भित्र पदैन,’ राष्ट्र बैंकका एक अधिकारी भन्छन्,‘यो अत्याचार नै हो । यस्ता सहकारीलाई राष्ट्र बैंकले कारबाही नगरे मनोमानी झनै बढ्ने देखिन्छ ।’


२०७२ साल फागुन १२ गते ढकालले अदालतको साहारा लिन ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।


अदालतमा पीडित ढकालले आफूहरुको सम्पत्ति लिलामी भइसकेकाले अब तिर्नुनपर्ने भन्दै मुद्दा दायर गरेका थिए । अदालतले पहिलो पटक छलफल गराएको थियो तर, छलफलमा लालीगुराँस सहकारीका पक्ष असहमत भएका थिए ।


अदालतमा ढकालले के कति तिनुपर्ने हो ? भन्ने विवरण बुझाउन श्री लालीगुराँसलाई बोलाउँदा उनीहरु अदालत नै उपस्थित नभएको पाइएको छ ।


लालीगुराँसले हकदावी नै गर्न नआएपछि २ वर्ष भित्र अदालतमा आएर हर हिसाब गर्न आए त्यही अनुसार हुने भन्दै फैसला सुनायो । तर, २ वर्षसम्म सहकारीका तर्फबाट कोही अधिकारी जिल्ला अदालतमा हक दाबी गर्न गएनन् । चार वर्षपछि भने सहकारीले ढकाल र उनको पत्निको नाममा करोडौं ऋण रहेको भन्दै दुष्प्रचार थालेको छ ।


सहकारीले बुधबार निकालेको सुचनामा २०७६ साउन २० सम्म बुझाउनुपर्ने सावाँ ब्याज रकम भन्दै ढकालले २ करोड ३० लाख ९७ हजार ७ सय ६१ र उनकी श्रीमती निलम शाहा ढकालले २ करोड ६२ लाख २४ हजार ८९ रुपैयाँ तिर्नपर्ने उल्लेख छ ।


अदालतले आदेश दिएको २०७२ देखि अहिले २०७६ सालसम्म ढकाललाई सहकारीले एक पटक फोन समेत नगरी सुचना निकालेको पाइएको छ ।


गायक ढकालको मानहानी !


गायक रामकृष्ण ढकाल यस विषयमा मुख खोल्न चाहाँदैनन् । उनको विषयमा अदालतको निर्णय विपरित मानहानी गरेको भएतापनि उनले केही प्रतिक्रिया दिन रुचाएका छैनन् ।


ढकालले यसरी सञ्चार माध्यमको दुरुपयोग गरी सुचना छापेको विषयमा श्री लालीगुराँस सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी विरुद्ध मानहानीको मुद्दा दर्ता गर्न सक्छन् ।


मिटर ब्याजको फन्दामा परेका थिए ढकाल !


ढकालको स्वामित्वको करोडौंको महल सहकारीले २०७० सालमै लिलामी गरिसकेपछि पनि उनको नाममा करोडौं ऋण देखिनु आश्चर्यको विषय बनेको छ ।


दियोपोस्टले प्राप्त गरेको मास्टर लिस्ट अफ लोन अनुसार २०७४ सालमै उनकी श्रीमती निलम शाह ढकालको नाममा १५ प्रतिशत ब्याज र १५ प्रतिशत नै पेनाल्टीमा १ करोड ८० लाख ऋण देखिन्छ । जबकी उनको हिसाब किताब बारे जिल्ला अदालत ललितपुरले २०७२ सालमै निर्णय गरिसकेको छ ।


२०७४ को मास्टर लिस्ट अफ लोनमा ढकालको नाममा अर्को ऋण पनि देखिएको छ । २१ प्रतिशत ब्याजमा ५६ लाख ९७ हजार २ सय २७ रुपैयाँ उल्लेख छ । जबकी उनले चुक्ता गर्न बाँकी केही लाख मात्रै थियो । यत्तिका ऋण कसरी देखियो रहस्यमयी छ ।


‘उहाँले आफूले तिर्नुपर्ने क्यास तिर्नु भएको हो । ब्याजको स्याज भन्ने र भेट्नै नखोज्ने गरिएको थियो । सेटल डाउन गर्न खोज्दा सहकारीले तिर्नुपर्ने भन्दा करोडौँ रकम माग गरेको थियो । ढकाल बाहिर भएको बेला पत्रिकामा सुचना निकालिएको थियो,’ एक महिला कर्मचारी भन्छिन्,‘सहकारीले ढकाललाई मिटरब्याज लगाएको थियो ।

मिटर ब्याजको रकमलाई फेरी सावाँ बनाएर करोडौं माग गरियो । सहकारीले करोडौं मुल्य पर्ने घरलाई कम मुल्यांकन गरेर सकारेको थियो । घर सकारेपछि पनि ऋण बाँकी रहेको भन्दै फेरी पत्र काट्न थालेपछि गायक ढकाल ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गर्न पुगेका हुन् ।’

लालीगुराँस भित्रका अन्य बेथिति तलको लिंकमा पढ्नुहोस्

दियोपोस्ट समाचार प्रभाव : श्री लालीगुराँस सहकारीबाट सर्वसाधरणले शेयर फिर्ता माग्न थाले !

श्री लालीगुराँस सहकारीमा ‘किर्ते ‘ कागजपत्र बनाएर करोडौं घोटाला, सरकार मौन !

श्री लालीगुराँस सहकारीको ठगीधन्दा फलोअप : बहालवाला इन्सपेक्टर यसरी बनाइए ‘कंगाल’ !

‘ठगीधन्दाको समाचार रोक्न’ श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको दौडधुप !

फलोइङ अप :: श्री लालीगुराँस सहकारीले मेरो ७ करोडको सम्पत्ति खान यसरी ‘यातना’ दियो

श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्रको ‘धन्दा’ : ऋणीको सम्पत्ति खान श्रीमतीकै नाममा कम्पनि !

युवती मार्फत सुरेन्द्र भण्डारीको शंकाष्पद कारोबार : लालीगुराँसको १ करोड ऋण, ब्याज मिनाहा !

श्री लालीगुराँस सहकारीमा सुरेन्द्र भण्डारीको ‘मोज’ : आफैले लिए ३ प्रतिशतमा करोडौँ ऋण !

‘श्री लालीगुराँस सहकारीको ‘ठगीधन्दा’ : सवा २ करोड ऋण दिएर २१ करोडको सम्पत्ति कब्जा !

श्री लालीगुराँस सहकारीको ‘ठगी’ विरुद्ध उजुरीको चाङ : अख्तियारदेखि प्रहरीसम्म भण्डारीको सेटिङ !

श्री लालीगुराँस सहकारीमा ऋण अपचलनको ‘किर्तिमानी’ : भण्डारीकै कम्पनीलाई अर्बौं ऋण !

श्री लालीगुराँस सहकारीको रकममा भण्डारीको शंकाष्पद धन्दा : घरजग्गा दलाली गर्न करोडौँ ऋण !

श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको आर्थिक अपराध : आफन्तलाई पौने ४ करोड !