काठमाडौं, १२ भदौ । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीका प्रमुख डिआइजी निरज बहादुर शाहीको बद्नामी गर्न थालेका छन् ।
श्री लालीगुराँस सहकारीको श्रङ्खलाबद्ध ठगीधन्दाबारे दियोपोस्टले प्रमाणसहितको समाचार प्रकाशन गर्न थालेपछि सिआइबीले उक्त सहकारीमाथि छानबीन थालेको थियो ।
छानबीनलाई प्रभावित पार्न र सिआइबीका डिआइजी विरुद्ध मिडियाबाजी गर्न भण्डारी सक्रिय भएका छन् ।
दियोपोस्टले आफ्नै स्रोत मार्फत प्रकाशन गरेको कागजातलाई समेत सिआइबीले उपलब्ध गराएको भन्दै एक अनलाईनमा भ्रामक समाचार समेत भण्डारीले लेखाएको स्रोतको दाबी छ ।
वित्तिय संस्थाको गोप्य कागजात सिआइबीले लिक गरेको झूटो आरोप उक्त अनलाईनले लगाएको छ । तर, श्री लालीगुराँस सहकारीको ठगीधन्दाबारे दियोपोस्ट डटकमले सिआइबीबाट नभई अन्य स्रोतबाट प्राप्त अति गोप्य कागजात समेत प्रकाशन गर्दै आएको छ ।
स्रोतका अनुसार भण्डारीले सिआईबीका डिआइजी निरज बहादुर शाहीले गोप्य कागजात मिडियालाई दिएको झूटो खबर विभिन्न सञ्चार माध्यमलाई लेखाउन थालेका छन् । साप्ताहिक पत्रिकाद्वारा प्रकाशन हुने एक अनलाईनले त उक्त सहकारीको नाम नलेखि सिआइबीका डिआइजी शाहीको बद्नामी गरिरहेको छ ।
हालका डिआइजी निरज शाहीले कार्यक्षमता प्रदर्शन गर्न नसकेको आरोप समेत उक्त अनलाइनमा लगाइएको छ ।
‘हामी श्री लालीगुराँसबाट ठगिएका छौँ । हामीलाई ठगेको विषयमा प्रहरीले अनुसन्धान गर्न किन नपाउने ? सिआइबीले अनुसन्धान गर्दा डिआइजी सापकै बद्नामी गर्न सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी लाग्नु भएको छ,’ श्री लालीगुराँस सहकारीबाट ठगिएका एक पीडितले दियोपोस्टसँग भने,‘हामीले न्याय माग्न जाने प्रहरीकैमा हो । हामीलाई प्रहरीले न्याय दिन्छ भन्ने विश्वास छ ।’
लालीगुराँस भित्रका अन्य बेथिति तलको लिंकमा पढ्नुहोस्