समाचार

डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बृद्धि
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १८, २०८२

काठमाडौं। नेपाल आयल निगमले डिजेल र मट्टितेलको खुद्रा मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ। निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार बढेको मूल्य मध्यरातदेखि लागू हुने जनाएको छ। निगम सञ्च...

राष्ट्रपति पौडेल आज जापान प्रस्थान गर्दै
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १८, २०८२

काठमाडौँ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल आज जापानको औपचारिक भ्रमणका लागि प्रस्थान गर्दैछन्। नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा उनी नेप...

निर्वाचनमा डिजिटल चन्दाको ट्रेन्डः ‘भोट’ सँगै ‘नोट’ माग्दै उम्मेदवार
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १६, २०८२

काडमाडौँ । पहिलेपहिले चुनावमा उम्मेदवारहरू झोलाभरि पैसा राखेर जनताको घरदैलोमा भोट माग्न जान्थे ! तर, अहिलेका उम्मेदवारहरू भने जनतासँग भोटसँगै नोट पनि मागिरहेका छन् ! तपाइँलाई पत्यार नलाग्न सक्छ । आगाम...

आहुतिको पार्टीबाट धनकुमारी सुनारसहित १३ जना केन्द्रिय सदस्यले दिए सामूहिक राजिनामा
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १६, २०८२

काठमाडौँ । विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालबाट केन्द्रीय सदस्य तथा सचिवालय सदस्य धनकुमारी सुनारसहित १३ जनाले पार्टी परित्याग गरेका छन्। नेतृत्वको कार्यश...

सिराहामा गोली चल्यो, एक जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १६, २०८२

काठमाडौँ । सिरहा नगरपालिका-१ का ४५ वर्षीय प्रेमनाथ यादवमाथि गोली प्रहार भएको छ । शुक्रबार दिउँसो अज्ञात व्यक्तिले गोली प्रहार गर्दा उनको मृत्यु भएको हो । घटना लगत्तै यादवलाई अस्पताल लैजाने प्रयास भ...

प्रधानमन्त्री सुशिला कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १६, २०८२

काठमाडौँ । सहिद दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको सहिद स्मारक, लैनचौर पुगेर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्। प्रधानमन्त्री कार्कीले स्मारकमा स्थापित सहिदहरूको शालिकमा पु...

दाङबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, ३८ जना घाइते
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १६, २०८२

काठमाडौँ । दाङबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा दुर्घटना हुँदा ३८ जना यात्रु घाइते भएका छन्। प्रहरीका अनुसार लु.प्र.०२-००१ ख ०४६० नम्बरको नाइट बस आज बिहान मुग्ल...

राजधानीमा नगद र सुन लुटपाटमा संलग्न १० जना पक्राउ, प्रहरीले गर्यो सार्वजनिक
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ १५, २०८२

काठमाडौं । राजधानीमा नगद तथा सुन लुटपाटमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले काठमाडौंको मूलपानीबाट गोली प्रहार गरी १० जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो ...

आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ १५, २०८२

काठमाडौँ । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१२ साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक जितराज गिरी आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। कक्षा...

मुक्तिनाथ क्षेत्रमा भारी हिमपात, पर्यटक आवागमन ठप्प
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ १५, २०८२

काठमाडौँ । मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य मुक्तिनाथ क्षेत्रसहित आसपासका उच्च हिमाली भेगमा भारी हिमपात भएको छ । हिमपातका कारण सो क्षेत्रमा पर्यटक तथा तीर्थयात्रीको आवागमन पूर्ण ...

बुहारी र प्रेमीको योजनामा आमा-छोराको हत्या भएको खुलासा
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ १५, २०८२

काठमाडौँ । बारा जिल्लाको परवानीपुर गाउँपालिका-१, रहरियामा बुधबार बिहान एकै परिवारका आमा-छोराको घाँटी रेटेर हत्या गरिएको घटनामा मृतककी बुहारी र उनका प्रेमी संलग्न रहेको खुलेको छ। प्रहरीका अनुसार २८ ...

माओवादी नेता चिरञ्जीवी ढकाल नेकपामा प्रवेश
दियोपोस्ट संवाददाता    | बुधबार, माघ १४, २०८२

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)का वरिष्ठ नेता तथा आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–६ बाट प्रत्यक्ष उम्मेदवारी समेत दिएका चिरञ्जीवी ढकालले माओवादी छाडेर नेपाली कम्...

महाराष्ट्रमा चार्टर्ड विमान दुर्घटना, उपमुख्यमन्त्री अजित पवारसहित ६ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | बुधबार, माघ १४, २०८२

काठमाडौँ । भारतस्थित महाराष्ट्रका उपमुख्यमन्त्री तथा वरिष्ठ नेता अजित पवार आज बिहान भएको विमान दुर्घटनामा मृत्यु भएको छ । पुनेस्थित बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर बुधबार बिहान...

नागरिक दैनिकको कार्यालयमा पत्रकार महासंघद्वारा तालाबन्दी, माग पूरा नभएसम्म ताला नखोलिने चेतावनी
दियोपोस्ट संवाददाता    | बुधबार, माघ १४, २०८२

काठमाडौँ । रिपब्लिका मिडिया प्रा.लि.द्वारा प्रकाशित नागरिक दैनिकमा नेपाल पत्रकार महासंघले तालाबन्दी गरेको छ। महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यको नेतृत्वमा पुगेको टोलीले बुधबार रिपब्लिका मिडिया प्र...

काठमाडौँमा बिहानदेखि हल्का वर्षा, यस्तो छ देशभरको मौसम
दियोपोस्ट संवाददाता    | बुधबार, माघ १४, २०८२

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज बिहानदेखि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण उपत्यकासहित देशका धेरै भू-भागमा मौसम बदली भएको हो। आज दिनभर आ...

बारामा आमा-छोराको हत्या, दुई जना गंभिर घाइते
दियोपोस्ट संवाददाता    | बुधबार, माघ १४, २०८२

काठमाडौँ ।  बाराको परवानीपुर गाउँपालिका-१, रहरियाडीमा आमा-छोराको हत्या भएको छ। प्रहरीका अनुसार बुधबार बिहान ३ बजेको समयमा ३२ वर्षीय रामेश्वर मण्डल र उनकी आमा ५२ वर्षीया सुमित्री देवी मण्डलको धारिलो हत...

सामाजिक सञ्जालमा अपहेलना र तथ्यहीन अभिव्यक्ति दिएको आरोपमा युवराज सफल पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १३, २०८२

काठमाडौं । सामाजिक अभियन्ता बताउने युवराज पौडेल (सफल)लाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको छ । सामाजिक संजाल र मिडियामा तथ्यहीन अभिव्यक्ति फैलाएको र अपशब्द प्रयोग गरेको आरोपमा उनी पक्राउ पर...

रास्वपाका पूर्व सांसद ढाका कुमार श्रेष्ठ हर्क साम्पाङको पार्टीमा प्रवेश
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व सांसद ढाका कुमार श्रेष्ठ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष...

चुरे भावर पार्टी नेकपामा समाहित
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १३, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र चुरे भावर पार्टीबीच एकता भएको छ । दुवै पक्षबीच मंगलबार चार बुँदे सहमति पत्र मा हस्ताक्षर गरिएसँगै चुरे भावर पार्टी औपचारिक रूपमा नेकपामा समाहित भएको हो । ...

आज र भोलि देशभर वर्षा तथा उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १३, २०८२

काठमाण्डौँ । मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) र भोलि (बुधबार) देशका धेरै स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने सम्भावना रहेको जनाएको छ । विशेष गरी पश्चिमी न्यूनचापीय प्रणाल...

पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्धको मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदै
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १३, २०८२

काठमाडौं । टेरामक्स प्रविधि खरिदमा भएको भनिएको अनियमितता सम्बन्धी मुद्दामा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना विरुद्ध दायर भ्रष्टाचार मुद्दाको विशेष अदालतमा सुनुवाइ हु...

ओखलढुङ्गाको भदौरेमा वृद्ध दम्पतीको विभत्स हत्या
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १३, २०८२

काठमाडौँ । ओखलढुङ्गा जिल्लाको चिसंखुगढी गाउँपालिका-६ भदौरेमा एक वृद्ध दम्पतीको विभत्स हत्या भएको छ। आफ्नै घरमा किराना पसल सञ्चालन गर्दै आएका दम्पतीको हत्या गरी लुटपाट गरिएको अवस्थामा शव फेला परेको हो।...

केपी ओलीलाई लक्षित गरि आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै बालेन साहविरुद्ध निर्वाचन आयोगमा उजुरी
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १३, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख बालेन्द्र साह ‘बालेन’ विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्...

दलितमैत्री निर्वाचनको माग गर्दै राजनीतिक दललाई ज्ञापनपत्र बुझाइने
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १२, २०८२

काठमाडौं । 'दलितमैत्री निर्वाचन राष्ट्रिय अभियान'ले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दलितमैत्री बनाउन माग गर्दै प्रमुख राजनीतिक दलहरूलाई ज्ञापनपत्र बुझाउने भएको छ । अभियान...