फोहोर प्रशोधन केन्द्रको जग्गा खरिदमा ‘भ्रष्टाचार’ गरेको भन्दै पोखराका मेयर विरुद्ध अख्तियारमा उजुरी

दियोपोस्ट संवाददाता  

कास्की । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले वडा नम्बर ३३ स्थित झाँक्रीखोलामा निर्माण गर्ने भनिएको फोहोर प्रशोधन केन्द्रको जग्गा खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

कास्कीको जेन्जी फ्रन्टले मेयर आचार्य, वडा नम्बर ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी र बिचौलिया चेत बहादुर महत विरुद्ध उजुरी दिएको हो । उनीहरु विरुद्ध भ्रष्ट्राचार निवारण ऐन, २०५८ अनुसार तुरुन्त कारबाही माग गर्दै निवेदन दर्ता भएको हो । निवेदन अनुसार मेयर आचार्यकै संलग्नतामा स्थानियबासीको ९६ रोपनी जग्गा बिचौलिया खटाएर बैनापट्टा गरिएको उल्लेख छ । अख्तियारमा जेन्जी फ्रन्टले प्रमाणसहित उजुरी दर्ता गरेको हो ।

‘कास्की जिल्लाको पोखरा महानगरापलिकाकाको वडा नम्बर ३३ मा हालै निर्माण गर्ने भनि सार्वजनिक निजि साझेदारी परियोजना अन्तर्गत फोहोरमैला प्रशोधनको लागि खरिद गर्न लागिएको जग्गा खरिदमा ब्यापक भ्रष्टाचार भएको छ,’ उजुरीमा भनिएको छ,‘जग्गा प्राप्तीसम्बन्धी ऐन, २०३४ अनुसार प्रमुख जिल्ला अधिकारीबाट मुआब्जा निर्धारण गर्ने लगायतको कार्य हुनुपर्नेमा महानगरपालिकाका मेयर धनराज आचार्य आफै संलग्न भएर अख्तियार दुरुपयोग गरि जग्गाको बैनापट्टा गर्ने कार्यमा विचौलिया चेतबहादुर महतलाई खटाई स्थानियबासीको ९६ रोपनी जग्गा बैनापट्टा गरिएको छ । त्यस्तै कार्यापालिकाको निर्णय गराई स्थानियको जग्गा कौडीको भाउमा बिचौलिया मार्फत खरिद गराउनका लागि वडाध्यक्ष रामचन्द्र अधिकारीको खातामा ५५ लाख रुपैयाँ पठाइएको छ ।

मेयर आचार्य, वडाध्यक्ष रामचन्द्र अधिकारी र स्थानिय विचौलिया बहादुर महतको मिलेमतोमा स्थानिय जनतासँग कौडीको भाउमा जग्गा खरिदका लागि बैनापट्टा गरिएको उजुरीकर्ताहरुको दाबी छ ।

प्रचलित जग्गा प्राप्तीसम्बन्धी सम्बन्धी कानुनलाई समेत धज्जी उडाएर मेयर आचार्य, वडाध्यक्ष अधिकारी र विचौलिया महतले स्थानियको जग्गा कौडीको भाउमा बैनापट्टा गरेर अनियमितता गरिएको आरोप छ । उजुरीकर्ताले अख्तियारमा प्रमाणसहित उजुरी दर्ता गराएका हुन् ।

पोखरा महानगरको फोहोरमैला प्रशोधन केन्द्रको जग्गा खरिदमा ‘घोटाला’ : बिचौलियाको बैनापट्टा !

पोखरा महानगरमा ‘भ्रष्टाचार’ र अनियमितताको चाङ : ३ अर्ब बेरुजु, १० औँ करोड खाताबाटै गायब !

फोहोरमा भ्रष्टाचार : जनताबाट वार्षिक २ अर्बभन्दा बढी उठाउने कम्पनिलाई मेयरले दिए १० करोड बढि छुट !

पोखरामा ८० करोडको फोहोर प्रशोधन केन्द्र निर्माणमा सेटिङ, अयोग्य कम्पनिलाई ठेक्का !

पोखराका मेयर धनराज आचार्यद्वारा फोहोर व्यवस्थापनमा समेत ७ करोड ‘भ्रष्टाचार’, अख्तियारमा उजुरी 

पोखराका मेयर धनराजको अर्को ‘भ्रष्टाचार काण्ड’ : २० करोड रुपैयाँ राजश्व घोटालाको प्रमाण !

ल्याण्ड फिल्ड साइटमा माटो पुर्दा समेत पोखराका मेयर धनराज आचार्यद्वारा ‘चरम भ्रष्टाचार’ !

अदालतको अवहेलना मुद्दामा पोखरा महानगरका मेयर धनराज आचार्य जेल जाने खतरा !

सिफारिस