काठमाडौं । आजभन्दा करिब ३ वर्षअघि पुरानो बानेश्वरस्थित एक कन्सलटेन्सीमा वैदेशिक रोजगार विभागले आकस्मिक छापा हान्यो । विभागले ग्लोबल इन्फो एजुकेशनल एण्ड भिषा सर्भिस नामक कम्पनिमा अचानक छापा हान्नुको कारण थियो—एजुकेशनल कन्सलटेन्सीका नाममा भएको ठगीधन्दा । लामो समयदेखि पोखरा र काठमाडौंमा म्यानपावर कम्पनी सञ्चालन गरेर भिजिट भिषा र यूरोप पठाइदिने भन्दै ठूलो तामझामका साथ पुरानो बानेश्वर चोकमा कार्यालय नै खडा गरेर अवैध धन्दा चलाइरहेको थियो । यही सूचनाका आधारमा नै विभागको टोली त्यहाँ पुगेको थियो । तर विभागको टोली त्यहाँ पुग्दा नपुग्दै कन्सलटेन्सीका कर्मचारीसहित सञ्चालक फरार भए ।
त्यसपछि विभागले उक्त कन्सलटेन्सी सिल गर्यो । त्यसको केही दिनपछि पुनः विभागको टोली त्यहाँ पुग्यो र लगाएको सिल खोल्यो । विभागका कर्मचारी त्यहाँ शिल खोल्न पुग्दा उक्त म्यानपावर कम्पनीका सञ्चालक भनिएका व्यक्ति पनि त्यहीँ थिए । विभागले उक्त कार्यालयबाट सम्पूर्ण कागजात नियन्त्रमा लिदै गरेको साझा सवाल मिडियाले ३ वर्ष अघि ‘कन्सलटेन्सीमा विभागले लगाएको सिल खोलियो र कागजातहरु बिभाग लगियो, Passport, CPU र कागजातहरु बिभाग लगियो’ शिर्षकमा प्रसारण गरेको भिडियोमा प्रष्ट देख्न सकिन्छ । उक्त भिडियोमा विभागका कर्मचारीले सञ्चालकसँग कागजातबारे केही सोधखोज पनि गरेको देखिन्छ ।
यही भिडियोमा देखिने शिरमा कालो टोपी र चिउडाेमा माक्स लगाएका व्यक्ति हुन् उक्त म्यानपावर कम्पनी सञ्चालक सुन्दरमणि अधिकारी । यहाँ सुन्दरमणि नामले चिनिएका ती वास्तविक सुन्दरमणी थिएनन् । विभागलाई गुमराहमा पार्नका लागि उनले नक्कली नाम बताएका थिए । विभागका कर्मचारीका अगाडी सुन्दरमणी बनेर प्रस्तुत भएका व्यक्ति तीनै हुन् जो पशुपतिनाथ मन्दिर परिसरमा १ महिने लामाे कोटीहोम महायज्ञका संकल्पकर्ता बिजय भण्डारी उर्फ श्री बिजय कृष्णमुर्ती जी महाराज ।
भिजिट भिषामा विदेश पठाउनेदेखि धार्मिक कार्यक्रममा अमेरिका लैजाने भन्दै करोडौं रकम ठगी गरेको आरोपमा पटक पटक पक्राउ परि कारागार समेत चलान भएका उनै महाराज पशुपतिमा नयाँ नामसहित कोटिहोममा देखिए । ठीक त्यसैगरि उनले विभिन्न कम्पनी चलाएका छन् । यसरी चलाएका कम्पनि मध्येको एक हो ग्लोबल इन्फो एण्ड भिषा सर्भिसेस् । जसको उद्देश्य नै युवा ठग्नु हो । केही दिन पहिले मात्र ग्लोबल कन्सल्टेन्सीबाट ठगिए भन्दै केही युवा हाम्रो सम्पर्कमा आएका थिए । पिडितले दिएका प्रमाणका आधारमा हामीले खोज्दै जादाँ महाराजले गैरकानुनी रुपमा काठमाडौंमा संचालन गर्दै आएका ४ वटा कन्सल्टेन्सी अनि मेनपावरबाट कयौलाई ठगी गरिरहेको प्रमाण फेला परेको छ । माइतीघरमा एबरोड माइग्रेशन एण्ड यूरोप कन्सल्ट प्रा.लि, द ग्लोबल नामक कम्पनी बत्तिस पुतली, इन्टरनेशलन एचआर प्राचिन मार्ग मध्यबानेश्वर र ग्लोबल ईन्फो एजुकेश्नल एण्ड भिसा सर्भिसेज गरि यस्ता कम्पनी ४ वटा सञ्चालन भइरहेका छन् ।
मध्यबानेश्वरको ग्लोबल इन्फो एजुकेशन एण्ड भिषा सर्भिसेजबा ठगिमा परेका भोजपुरका युवा ठगिएका छन् । उनले रोमनीयाका लागि राहधानी (पासपोर्ट)सहित एडभान्समै ५५ हजारभन्दा धेरै रकम बुझाएका थिए । तर महिनौं हुँदा समेत भिषा नआएपछि अहिले आफूले दिएको रकम फिर्ता लिन मुस्किल परेको उनी बताउछन् । एडभान्समै मोटो रकम तिर्नु पर्ने र भिषा केही महिनामै आउने आश्वासनमा उनले पनि भने जति रकम दिए ।
‘एडमान्समै रकम बुझाएपछि ८ महिनामै भिषा लाग्छ भन्नु भयो । त्यसपछि हामी पनि होला नि त भनेर विश्वास गर्यौं । अरु साथीहरु पनि हुनुहुन्छ,’ उनले दियोपोष्टसँग भने,’त्यसपछि हामीले डकुमेन्ट बनाए बाफत ५ हजार ५सय दिनु पर्छ त्यसको भौचर तपाइले पाउनु हुन्छ भन्नु भयो । त्योसहित मैले ५५ हजार ५ सय रुपैया त्यो ग्लोबल कम्पनीमा बुझाए ।’
रोजगारीका लागि विदेश जान खोज्दा ठगीएका उनलाई अब आफूले गाउँमा ऋण गरेर बुझाएको रकम फिर्ता लिनु छ । तर म्यानपावर कम्पनीले भने आज आज भोलि भन्दा भन्दै झुलाउदै आएको उनी बताउछन् ।
‘महिनौं देखि काम हुन्छ हुन्छ भन्दै झुलाई राख्नु भयो । सुरुमै पैसा दियौं अहिले ठगीमा पर्यौं । ग्लोबल भन्ने म्यानपवार रहेछ गौशला चोकदेखि भित्र त्यही गएर पैसा दियौं । तर त्यहाँको सञ्चालक को हुनुहन्छ केही थाहा छैन,’ उनले आफ्नो नाम नबताउने सर्तमा भने, “एक जना रोमा भन्ने चाँही हुनुहन्थ्यो । उहाँहरुले परिचय दिनुस्भन्दा उहाँले केही बताउनु भएन त्यही रोमा मात्रै भन्नु भयो । हामी यो म्यानपावरबाट यसरी झुलाइएका अनि पैसा पनि फिर्ता नपाएका म बाहेक ८–९ जना छौं ।’ अहिले उनी महाराजगञ्जस्थित टिचिङ अस्पतालमा आफन्तलाई कुरिरहेका छन् । उनले भने, ‘अहिले मेरो भिनाजु विरामी हुनुहुन्छ त्यसैले अहिले टिचिङ अस्पतालमा उहाँलाई कुरिरहेको छु । त्यसैले अहिले त अफिसमा पैसा फिर्ता माग्न जान पनि पाएको छैन । ‘
यसरी ग्लोबल म्यानपावर कम्पनीबाट सिराहाका अर्का युवा पनि ठगिन पुगेका छन् । समाजिक सञ्जाल फेसबुकमा आकर्षक विज्ञापनबाट आफू ठगीएको उनी बताउछन् । उक्त म्यानपावर कम्पनीले फेसबुकमा राखेको विज्ञापन हेरे पछि दिइएको नम्बरमा फोन गर्दा अफिसमै बोलाएको उनी बताउछन् ।
‘ फेसबुकमा विज्ञापन हेरेर फोन गरे अनि यहाँ आउनु भनेर भन्नु भयो । उहाँहरुको अफिस पनि गए त्यहाँ हेर्दा राम्रो लाग्यो । अनि सुरुमा उहाँहरुले १ लाख लाग्छ डिपोजिट गर्नू भयो । त्यसपछि ६० दिनमै तिम्रो कन्फमेशन लेटर आउछ । त्यो लेटर आयो भने तिम्रो जब पक्का हुन्छ भन्नु भो,’ उनले भने, ‘त्यसका लागि सुरुमा १ लाख अनि डकुमेन्टको ५ हजार ५ सय दिनुस भनेपछि ठिकै छ नि त भनेर पैसा भनेजति सबै दिए । पटक पटक अफिस धाएपछि मात्रै ७५ दिनमा कन्फमेशन लेटर त आयो । तर त्यो लेटर त टाइपिङ गरेर त्यही अफिसमै बनाउने रहेछ ।
म्यानपावर कम्पनीले भनेअनुसार नै रकम जम्मा गर्दै गएको तर उनीहरुले आफूलाई विभिन्न बहानामा दिन सार्दै आएको उनको आरोप छ । उनका अनुसार यसरी फर्जी कागज बनाएर म्यापावर कम्पनीले झुक्काउदै आएको थिए । कन्फमेशन लेटर आएपछि भिषा आउने पक्का हुन्छ भनेको म्यानपावर कम्पनीले पछि फेरि ९० दिनमा कन्ट्याक्ट लेटर आएपछि मात्रै ३० प्रतिशत काम सकिने आश्वासन दिए । उनले भने, ‘फेरि ९० दिनमा कन्ट्याक्ट लेटर आउछ भन्नु भयो । त्यसपछि फेरि कन्फर्म त होइन ३० प्रतिशत काम भयो भन्नु भयो । पहिले एउटा सर हुनु हुन्थ्यो अहिले फेरि उहाँको ठाउँमा अर्कै सर आउनु भयो भनेर भन्नु भयो । तर अहिलेसम्म पनि केही छैन ।’
कार्यालयमा सरहरु फेरिएको लगायतका बहानामा उनले बुझाएको रकम अहिलेसम्म पनि फिर्ता पाएका छैनन् । महिनौंसम्म आफूलाई विभिन्न बहाना बाजीमा झुलाएपछि मात्रै आफू ठगीमा परेको उनले थाहा पाएका हुन् । अहिले उक्त म्यानपावरसँग आफ्नो रकम फिर्ता माग्दा नदिएको उनको भनाई छ । यी दुई युवा प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु जस्ता दर्जनौं युवाहरु उक्त कम्पनीबाट ठगीएका छन् ।
भिजिट भिषामा विदेश पठाउनेदेखि धार्मिक कार्यक्रममा अमेरिका लैजाने भन्दै करोडौं रकम ठगी गरेको आरोपमा पटक पटक पक्राउ परि कारागार समेत चलान भएका उनै महाराज पशुपतिमा नयाँ नामसहित कोटिहोममा देखिए । ठीक त्यसैगरि उनले विभिन्न कम्पनी चलाएका छन् । यसरी चलाएका कम्पनी मध्येको एक हो ग्लोबल इन्फो एण्ड भिषा सर्भिसेस् । गैर कानूनी रुपमा म्यानपावर सञ्चालन गरेर खुल्लमखुल्ला अपराध गर्ने यी महाराजलाई जे गर्न पनि छुट छ । कहिले धर्मका नाममा त कहिले वैदेशिक रोजगारीका नाममा भण्डारी ठगि गर्दै आएका छन् ।
विभागलाई नै गुमराहमा पार्नका लागि उनले त्यतिबेला आफ्नो नाम सुन्दरमणी अधिकारी बताए थिए । यसअघि पनि धर्मका नाममा लुट मच्चाएका भण्डारीले यतिबेला पनि लुट्न धर्मकै सहारा लिएर १ महिने लामो कोटीहोम महायज्ञ चलाए । जसबाट उनले मान्छेहरुलाई मुर्ख बनाउन अनि करोडौं रकम असुल्न सजिलो भयो । भण्डारीले धर्मको खोल ओडेर अहिले पनि लुटतन्त्र मच्चाउदै आएका छन् । धर्मककै नाममा ठगी गरेको आरोपमा जेल नै बस्नु परेको थियो । गुल्मीको धुरकोटमा जन्मिएका भण्डारीले अमेरिका पठाउने भन्दै करोडौं रकम ठगी गरेको भन्दै जिल्ला अदातलत काठमाडौं दोषी ठहर गरेको थियो ।
२०७३ मंसिर ६ गते अदालतले उनलाई ठगी मुद्दामा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल र ८१ लाख ८५ हजार जरिवानासमेत तोकेको थियो ।
उनका विगतका कामको पृष्ठभूमी हेर्दा लाग्छ उनी ठग्न नै जन्मिएका हुन् । यसरी ठगी मुद्दामा कारागार बसेका भण्डारीले निस्किएपछि पनि नाम फेर्दै पुरानै शैली अपनाउदै आएका छन् ।
मानव सेवा फाउन्डेशनका संस्थापक रहेका भण्डारी दुईवटा आश्रमको भवनका लागि सहयोगार्थ भन्दै पशुपतिमा भक्तजनहरुको आस्थामाथि खेलवाड गरिरहे । तर सिंगो राज्य भने यी महाराजको तण्डव हेरेर बसिरह्यो । यद्यपी कोटीहोमको समापन अर्थात् गत शुक्रबार राती भने विजय कृष्णमूर्तिले आफूलाई प्रहरी पक्राउ गर्न आएको भन्दै समर्थकहरुलाई प्रतिवाद गर्न आह्वान गरेका थिए । फेसबुक लाइभमा आएका उनले विदेशीको इसारामा नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको आरोप लगाउँदै बंगलादेशको आन्दोलन सल्किएको भड्काउ अभिव्यक्ति दिएका छन् ।
कोटिहोम समापनपछि विजय कृष्णमूर्तिसँग केही सोधपुछ गर्नुपर्ने भएकाले सादा पोशाकका प्रहरी पुगेको तर उनका समर्थकहरुले प्रहरीमाथि हातपात गरेका थिए ।
सम्बन्धित समाचार
सेकुवा खाने ‘ठग महाराज’को छिपेको कथा : श्रीमती बिचल्ली, अर्की महिलासँग मस्ती (भिडियाेसहित)
‘ठग महाराज’लाई पक्राउ गर्न प्रहरी पुगेको भन्दै पशुपतिमा तनाव, प्रहरीमाथि आक्रमण
ठगी अभियुक्त धर्मगुरुको समाचार रोक्न दियोपोस्टलाई दबाव, कार्यालयमा शंकाष्पद व्यक्ति ( भिडियाे सहित )
‘ठग महाराज’को अपराध लुकाउन रचिएको ‘रजतपट’ : द प्रकाश सुवेदी शो
ठगी आरोपमा पटक पटक जेल बसेका धर्मगुरु भण्डारीद्वारा पशुपतिमा ‘कोटीहोम’ ! ( भिडियाे रिपाेर्ट सहित )
पशुपतिमा ‘कोटीहोम’ : ‘ठग महाराज’ बिजय भण्डारीले प्रयोग गरेका ९ अस्त्र ( भिडियाे सहित )
देवी प्रतिभालाई प्रश्न गरेको भन्दै पशुपति कोटिहोममा पत्रकारमाथि निर्घात कुटपीट
ठगी मुद्दामा दोषी ठहर भएका ‘ठग महाराज’लाई प्रहरीले दियो ‘सफाई’ पाएको प्रमाणपत्र