काठमाडौं, १७ पुस । ललितपुरको पुल्चोकमा कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको लगानी रहेको भैरवकुण्ड हाइड्रोपावरले बैंकको ४० करोडभन्दा बढी ऋण नतिरेको पाइएको छ ।
पटक–पटक ऋण तिर्न आउन आग्रह गर्दा समेत ऋण तिर्न नआएपछि बुधबार कान्तिपुर दैनिकमा सचना प्रकाशन गरेर ३५ दिन भित्र ऋण तिर्न नआए कर्जा सुचना केन्द्रमा कालोसुचीमा राख्न सिफारिस गर्ने चेतावनी समेत दिएको छ ।
सिन्धुपाल्चोकको लार्चामा सञ्चालन भएको भैरवकुण्ड हाइड्रोपावर लिमिटेडले ३ मगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।
उक्त हाइड्रोपावरले सानिमा बैंकको अगुवाईमा सहवित्तिय कर्जा अन्तर्गत बैंक अफ काठमाडौं, एनएमबी बैंक, एनआइसि एशिया बैंक, मन्जु श्री फाइनान्स र ग्लोबल आइएमइ बैंकसँग ४० करोड ऋण लिएको थियो ।
यसअघि ३५ दिने सुचना सार्वजनिक गर्दा समेत सञ्चालकहरुले पैसा तिर्न नआएपछि फेरी अर्को सुचना सार्वजनिक गरिएको हो ।
हाइड्रोपावरले यो सुचनालाई बेवास्ता गरे जमानी बस्ने व्यक्ति सहितलाई कालोसुचीमा राख्न सक्ने बैंकले चेतावनी दिएको छ ।
राजधानीको कमलपोखरीमा कार्यालय रहेको उक्त हाइड्रपावरमा अर्जुनबहादुर थापा, डोरबहादुर भण्डाराी, साङ्बु शेर्पा, नरेशलाल श्रेष्ठ, ज्ञानेन्द्रप्रसाद मल्ली, सुरेश श्रेष्ठ, राजेश श्रेष्ठ, विष्णुबहादुर खत्री, अमृतकुमार खडका, कमलकुमार श्रेष्ठ, सिताराम बस्नेत, रामकाजी पौडेल, चन्द्रबहादुर शेर्पा, श्यामबहादुर श्रेष्ठ, श्यामबहादुर श्रेष्ठ, केदारबहादुर थापा, बच्च्ु पौडेल, साङदोर्जे शेर्पा, अनिलभक्त श्रेष्ठ, सुधिरप्रसाद तिम्सिना, विष्णु बहादुर श्रेष्ठ, दुर्गाबहादुर श्रेष्ठ, शिवमराम श्रेष्ठ, मुकुन्दप्रसाद तिमिल्सिनामा सञ्चालक रहेका छन् ।
श्री लालीगुराँस सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले आफूहरुले उक्त हाइड्रोपावरमा शेयर लगानी गरेको बताउँदै आएका छन् ।
भण्डारीले उक्त सहकारीमा अर्बौंको अनियमितता गरेको सार्वजनिक हुँदा समेत सरकारले कुनै कारबाही गर्न सकेको छैन । ‘शेयर सदस्य रहेको लालीगराँस सहकारीले मात्रै पनि ४० करोड तिर्न नसक्ने भन्ने हुँदैन,’ एक बैंकका अधिकारीले भने,‘सर्वसाधरण शेयर सदस्यलाई भ्रम छर्न लालीगुराँसले यो हाइड्रोपावरमा लगानी गरेको देखिन्छ ।’
स्रोतका अनुसार यो हाइड्रोपावरमा लगानीकर्ताहरुबीच तिब्र विवाद छ । श्री लालीगुराँस सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीकै कारण समेत यो हाइड्रोपावर विवादमा परेको हो ।
हाइड्रोपावरमा सहकारीको शेयर नै छ भनिएपनि दियोपोस्टले प्राप्त गरेको कागजातमा भने हाइड्रोपावरले श्री लालीगुराँस सहकारीबाट ऋण लिएको देखिन्छ ।
सन् २०१७ जुन ५ मा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट ३ करोड ८५ लाख ऋण लिएको देखिन्छ ।
विवादित बनेको यो हाइड्रोपावरले कम्पनी पब्लिकको जारी पुँजी ६५ करोड रुपैयाँ रहेको छ ।
कम्पनीले ३१ करोड ८३ लाख २८ हजार रुपैयाँ बराबर सर्वसाधारणलाई सेयर निस्काशन गर्ने र सोमध्ये जिल्लाका स्थानीयबासीलाई ६ करोड ५० लाखको सेयर निस्कासन गर्ने तयारी गरेको थियो । तर जिल्लाका स्थानियलाई झुक्याएपछि स्थानियबासी आक्रोशित बनेका थिए ।
गायक रामकृष्ण ढकाललाई पनि श्री लालीगुराँस सहकारीले नै कंगाल बनाएको थियो ।
लालीगुराँस भित्रका अन्य बेथिति तलको लिंकमा पढ्नुहोस्