‘श्री लालीगुराँसले लिलामी गरेको रामकृष्ण ढकालको घरमा सुरेन्द्र भण्डारीकै दाजुको परिवार बसेको खुलाशा !

दियो पोस्ट  

काठमाडौं, १ असोज । चर्चित गायक रामकृष्ण ढकाल ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीकै कारण घरबार विहिन बने । उनले आफूलाई सहकारीले मिटर ब्याज लगाएको र मिटर ब्याज तिर्न नसक्दा घर जग्गा नै लिलाम गरेर पनि फेरी ५ करोड भन्दा बढी तिर्न आउन ताकेता गरेको सञ्चार माध्यममा बताउँदै आइरहेका छन् ।


भैँसेपाटीको सैंबुमा कुनै समय ढकालको भव्य निवास थियो । जसलाई उनले आफ्नै छोरीको नाममा ‘रानीबास’ राखेका थिए । रातो चाइनिज इट्टाले बनेको भव्य महल किन्नका लागि उनले सहकारीबाट २०६६ सालमा एक करोड ८० लाख रुपैयाँ ऋण लिएका थिए । घर खरिद गर्न उनले आफैले समेत ८० भन्दा बढी लाख रुपैयाँ लगानी गरेको उनको दाबी थियो ।

सहकारीलाई ढकालले पटक पटक गरी ४८ लाख रुपैयाँ ब्याज मात्रै बुझाए । तर, चर्को ब्याज भएकै कारण उनले मासिक ३ लाख रुपैयाँ केही समय बुझाउन सकेनन् । फलस्वरुप सहकारीले २०७० सालमै ढकालको घर लिलाम गरेको थियो ।


सहकारीले लिलाम गरेको उक्त घरमा अहिले को बसिरहेका होलान् ? दियोपोस्टले यसबारेमा नयाँ तथ्य फेला पारेको छ । सहकारीले लिलामी गरेको उक्त रानीबासमा विगत लामो समयदेखि सहकारीकै कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले आफ्नै दाजुलाई राखेको खुलाशा भएको छ ।


भैँसेपाटी १४ सैंवुमा अवस्थित उक्त घरमा विवादास्पद प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीका सहोदर दाई अमृत भण्डारीको परिवार बस्ने गरेको पाइएको छ । यद्धपी सञ्चार माध्यममा खबर आउन थालेपछि भने उनीहरुले आफ्नो परिचय लुकाएर उक्त घरमा बस्दै आएका छन् । घर प्रयोग गरेबापत हालसम्म भाडा भने सहकारीले पाएको छैन ।


अमृतकी श्रीमती मिना रायमाझी, छोरा छोरी सहितको परिवारले सहकारीले लिलामी गरेदेखि नै उक्त घरमा डेरा जमाएर बस्दै गरेको स्रोतले जानकारी दिइयो ।

केही महिनाअघि एक अनलाईन टेलिभिजनले उक्त घरबारे रिपोर्टिङ गर्न जाँदा समेत त्यहाँ मिना रायमाझी र भण्डारीका दुई सन्तानलाई भेटेको थियो । तर, उनीहरुले भने भिडियोमा आफूहरु भाडामा बसेको र आफ्नो नाम मिना रायमाझी रहेको बताएकी थिइन् । अन्य कुरा बताउन अस्विकार गरेकी उनले आफूहरु सुरेन्द्र भण्डारीकै दाजुको सन्तान रहेको बताउन नचाहेको भिडियोमै देखिन्छ ।


गायक रामकृष्ण ढकालले रवी लामिछानेद्वारा सञ्चालित कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा समेत आफ्नो सम्पत्ति खान सहकारीले विभिन्न दाउपेच गरेको बताएका थिए ।


‘उहाँहरुको इन्टेन्शन के रहेछ भने अफ्ठ्यारोमा पारेर लिलाम गर्ने अनि कममा आफूले सकार्ने । उहाँहरुको काम नै यही रहेछ,’ टेलिभिजन कार्यक्रममा ढकालले भनेका थिए,‘म मात्रै होइन लालीगुराँस सहकारीमा सयौँ पीडित छन् ।


ढकालले २०६६ सालमा एक करोडा ८० लाख ऋण लिएका ढकालले २ वर्षमा ५० लाख रुपैयाँ त ब्याज मात्रै बुझाएका थिए । ढकालको उक्त घर एक करोड ७० लाखमा मुल्यांकन गरेर सहकारीले नै आफैले सकारेको हो ।

एक करोड ८० लाख ऋण दिएको सहकारीले उक्त घर चार वर्षपछि अन्डर भ्यालुएशन गरेर सकारेको पाइएको थियो । यसरी अन्डर भ्यालुएशन गरेर घर सकार्नु एक किसिमको ‘ठगी’ नै भएको अनुसन्धानमा समलग्न एक अधिकारी बताउँछन् ।


सहकारीकै एक कर्मचारीका अनुसार उक्त घरमा बसेका सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीका दाजु अमृत भण्डारीले सहकारीको खातामा भाडा बुझाएको रेकर्ड छैन ।


सहकारीले लिलामी गरेको घर खरिद गर्न विभिन्न व्यक्ति पुगीसकेका छन् । तर, सहकारीका प्रमुख कार्यकारी निर्देशक भण्डारीले विभिन्न बहाना गर्दै घर विक्री गर्न आलटाल गर्दै आइरहेका छन् । उक्त घरमा भण्डारीका दाजु अमृत, उनकी श्रीमती र छोरा छोरी बस्दै आएका छन् ।


घरमा मेरो परिवार बसेको हो : अमृत भण्डारी


यस विषयमा हामीले सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको दाजु अमृत भण्डारीको मोबाइल नम्बरमा सम्पर्क गरेर सोधेका थियौं । उनले सहकारीले लिलामी गरेको रामकृष्ण ढकालको घरमा आफू र आफ्नो परिवार बस्दै आएको स्विकार गरे ।


‘म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गर्छु । म त्यो घरमा बसेको हो । अब भाडा तिर्ने हो । अनि म छोड्छु,’ भण्डारीले दियोपोस्टसँग भने ।


भाडा महिनाको १५ हजार तिर्नुपर्ने र विजुलीको समेत गर्दा २० हजार रुपैयाँ तिनुपर्ने उनले बताए । तर, हालसम्म कति तिर्नु भयो भनेर प्रश्न गर्दा जवाफ दिन आनाकानी गरे ।


‘भाडा किन तिर्नु तिर्न परेन । भाडा खाताबाटै काट्छ । हरेक तीन तीन महिनामा काट्छ,’ भण्डारीले दियोपोस्टसँग भने,‘घर खाली थियो हामी आएर बसेका हौँ ।’
तर सहकारीका एक कर्मचारीका अनुसार भने भण्डारीले भाडा बुझाएको कुनै रेकर्ड छैन ।

दाजुलाई लाखौँ रकम ब्याज मिनाहा !


सर्वसाधरणको निक्षप र बचतबाट सञ्चालित सहकारीमा सहकारीका प्रमुख कार्र्यकारी निर्देशक सुरेन्द्र भण्डारीले आफन्तलाई पोस्ने कार्य गर्दै आएको विषयमा दियोपोस्टले श्रङ्खलाबद्ध रिपोर्ट प्रकाशन गर्दै आएको छ ।

सहकारीले प्रमुख कार्यकारी निर्देशक भण्डारीका दाजु अमृतलाई १३ प्रतिशत ब्याजमा ३७ लाख ५० हजार ऋण दिएको थियो । तर, ब्याज भने पटक पटक मिनाहा गरिएको स्टेटमेन्टमा उल्लेख छ । यता सर्वसाधरण ऋणीलाई भने सहकारीले २१ प्रतिशत ब्याज र १९ प्रतिशत पेनाल्टीको नाममा ‘मिटरब्याज धन्दा’ चलाउँदै आएको छ ।

लालीगुराँस भित्रका अन्य बेथिति तलको लिंकमा पढ्नुहोस्

श्री लालीगुराँस सहकारीले पालेको ‘विचौलिया’ पत्रकार : ‘ठगी धन्दा’को समाचार रोक्न धम्की !

श्री लालीगुराँसमा सुरेन्द्र भण्डारीको ‘अर्कोधन्दा’ : आफन्त र नातागोतालाई शुन्य प्रतिशतमा ऋण !

दियोपोस्ट समाचार प्रभाव : श्री लालीगुराँस सहकारीबाट सर्वसाधरणले शेयर फिर्ता माग्न थाले !

श्री लालीगुराँस सहकारीमा ‘किर्ते ‘ कागजपत्र बनाएर करोडौं घोटाला, सरकार मौन !

श्री लालीगुराँस सहकारीको ठगीधन्दा फलोअप : बहालवाला इन्सपेक्टर यसरी बनाइए ‘कंगाल’ !

‘ठगीधन्दाको समाचार रोक्न’ श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको दौडधुप !

फलोइङ अप :: श्री लालीगुराँस सहकारीले मेरो ७ करोडको सम्पत्ति खान यसरी ‘यातना’ दियो

श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्रको ‘धन्दा’ : ऋणीको सम्पत्ति खान श्रीमतीकै नाममा कम्पनि !

युवती मार्फत सुरेन्द्र भण्डारीको शंकाष्पद कारोबार : लालीगुराँसको १ करोड ऋण, ब्याज मिनाहा !

श्री लालीगुराँस सहकारीमा सुरेन्द्र भण्डारीको ‘मोज’ : आफैले लिए ३ प्रतिशतमा करोडौँ ऋण !

‘श्री लालीगुराँस सहकारीको ‘ठगीधन्दा’ : सवा २ करोड ऋण दिएर २१ करोडको सम्पत्ति कब्जा !

श्री लालीगुराँस सहकारीको ‘ठगी’ विरुद्ध उजुरीको चाङ : अख्तियारदेखि प्रहरीसम्म भण्डारीको सेटिङ !

श्री लालीगुराँस सहकारीमा ऋण अपचलनको ‘किर्तिमानी’ : भण्डारीकै कम्पनीलाई अर्बौं ऋण !

श्री लालीगुराँस सहकारीको रकममा भण्डारीको शंकाष्पद धन्दा : घरजग्गा दलाली गर्न करोडौँ ऋण !

श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको आर्थिक अपराध : आफन्तलाई पौने ४ करोड !

‘ठगीधन्दाको समाचार रोक्न’ श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको दौडधुप !

चर्चित गायक रामकृष्ण ढकाल दम्पत्तिमाथी श्री लालीगुराँस सहकारीको चरम ज्यादती !

सिफारिस