काठमाडौं । विभिन्न पशुपंक्षिको खोप तथा औषधी आयातमा किर्ते अपराध गरेपनि तत्कालिन एमाले सरकारले उन्मुक्ति दिँदै आएको ऋषि बडाल भनिने हेमराज बडाल पक्राउ परेका छन् । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सीआइबीले बडाललाई पक्राउ गरेको हो । उनकी श्रीमती सुना सुवेदीलाई यसअघि नै सीआइबीले पक्राउ गरेको थियो ।
बडाल दम्पत्तिले संचालन गरेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले औषधी आयात गर्दै आएको थियो । त्यस्तै बडाल दम्पत्तिले नै संचालन गरेको कान्तिपुर भेट डिस्टिब्युटर्स नामक कम्पनिले भने पशुजन्य औषधी खोप आयात गर्दै आएको थियो । दियोपोस्टले २ वर्षअघि नै बडाल दम्पत्तिको अपराधबारे खुलाशा गरेको थियो ।
पक्राउ परेका बडाल एमाले अनुशासन अायाेगका अध्यक्ष केशव बडालका भतिजाे हुन् ।
लम्पी स्किन खोप नक्कली भएको थप प्रमाण फेला : उत्पादक कम्पनिद्वारा पुष्टि !
Exclusive खुलाशा, ‘महामारीमा महाअपराध’ : लम्पी स्किन रोग विरुद्धको खोप नै नक्कली !
ब्रोइलर कुखुरा मार्फत मानिसलाई विष खुवाउने अपराध’मा एमाले अखिलका नेता समिक बडाल
नक्कली खोप विक्री गर्ने अपराधमा बडाल दम्पत्ति, सीआइबीद्वारा श्रीमती पक्राउ
लम्पी स्किन खोप किर्ते काण्डका ‘योजनाकार’ बडाललाई विभागकै उच्च अधिकारीको संरक्षण !
ब्रोइलर चल्ला विक्रीमा समेत चरम भ्रष्टाचार : डा. गौतमको मिलेमतोमा गैरकानुनी अनुमतिपत्र !