उदयपुर सिमेन्ट टाट पल्टाएका ‘असक्षम’ गोपी न्यौपाने खाध्य व्यापार कम्पनिको सीईओ बन्ने खेलमा !

दियोपोस्ट संवाददाता

काठमाडौं । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग टाट पल्टाएर हिँडेका गोपी न्यौपानेलाई सरकारले फेरी खाद्य व्यवस्था तथा व्यापार कम्पनिको सीईओ नियुक्ती गर्ने तयारी गरेको छ । उनलाई नियुक्त गर्न छनौट समितिले एक नम्बरमा नाम राखेर सिफारिस समेत गरेको छ । नेकपा एमालेको बुद्धिजिवी परिषदको उपाध्यक्ष हुँ भन्दै चौधरी समुहको विचौलियाको काम गर्दै आएका न्यौपानेले यसअघि उदयपुर सिमेन्ट उद्योग टाट पल्टाएका थिए ।

यही साउन २१ गते कम्पनिको सीईओ छनौट समितिले न्यौपानेसहित ३ व्यक्तिको नाम सिफारिस गरेको हो । समितिले न्यौपानेको नाम पहिलो नम्बरमा र हाल निमित्त सीईओ रहेका डिल्लीराज लम्साल र रमेश आचार्यको नाम सिफारिस गरेको छ । स्रोतका अनुसार कार्यपत्र प्रस्तुतीको हिसाबले हाल निमित्त सीईओ रहेका लम्सालको क्षमता बलियो छ । धादिङको निलकण्ठ ९ घर भएका रमेशलाई कांग्रेस निकटको ट्याग भिराइएको छ । उनी हाल कृषि मन्त्री रहेका रामनाथ अधिकारी निकट व्यक्ति रहेको खुलेको छ । योग्यलाई भन्दापनि हाम्रालाई नियुक्ती गर्ने परम्परा रहेका कारण न्यौपानेलाई नियुक्त गर्न चर्को दबाव छ । उनी एमाले निकट हुँ भन्दै आएका छन् ।

जो उदयपुर सिमेन्ट उद्योगमा अनुहार देखाउन लायक छैनन्

खाध्य तथा व्यापार कम्पनीको सीईओको पहिलो नम्बरमा सिफारिस भएका गोपी न्यौपानेलाई २०७७ पुषमा उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक नियुक्त गरिएको थियो । जब न्यौपाने उद्योगको नेतृत्वमा आए त्यहीदेखि उद्योगको दुर्दशा शुरु भयो । उद्योगले ४२ करोडभन्दा बढी विद्युत महशुल तिर्न सकेन । उद्योगलाई सरकारको ऋण समेत ३ अर्ब ३८ करोड थुप्रियो ।

न्यौपानेले ऋणमाथि ऋण बोकाउने तयारीमा थिए । उनकै कारण सिमेन्ट उत्पादन ठप्प भयो । कमसल कोइला खरिद गरेर उद्योगको मेसिन नै खराब बनाउन समेत उनै न्यौपाने उद्दत भए । उद्योग टाट पल्टिएपनि उनले भने लाखौँ भत्ता लिने गरेको समेत खुल्यो । तत्कालिन उद्योग मन्त्री दिलेन्द्र प्रसाद बडुलाई समेत चित्त बुझाएर उनले अवैध रुपमा पदावधी समेत थप गराएका थिए । तर, उनी उद्योगमा फर्कन भने सकेनन् । उद्योगमा रहेका चार वटै ट्रेड युनियनले उनी विरुद्ध आन्दोलन गर्नुपरेको थियो । गत वर्ष जेठ २५ गते उनी राजिनामा दिएर हिँडेका थिए । उनले व्यवस्थापकीय नेतृत्व गर्न असक्षम रहेका कारण उद्योग धराशयी भएको थियो ।

न्यौपानेको असफलता : विद्युत महशुल ४२ करोड रुपैयाँ नबुझाएपछि उदयपुर सिमेन्टको लाइन काटिने

 

३ अर्ब ३८ करोड ऋण तिर्न नसकेको उदयपुर सिमेन्टलाई फेरी ऋण बोकाउने न्यौपानेको तयारी

टाट पल्टिएको उदयपुर सिमेन्टका महाप्रबन्धक न्यौपानेलाई लाखौँ रुपैयाँ अवैध भत्ता !

उदयपुर सिमेन्टका महाप्रबन्धक नियुक्ती पत्र नै ‘शंकाष्पद’ : किर्ते निर्णयको आशंका !

उदायपुर सिमेन्ट टाट पल्टाएर विदा भए गोपीकृष्ण न्यौपाने : अर्बौंको भार थपियो

उदयपुर सिमेन्ट उद्योगमा ‘हानाहान’ : महाप्रबन्धक गोपी न्यौपानेले टेबल फूटाए !

उदयपुर सिमेन्टमा फेरी मजदुर आन्दोलित, न्यौपानेका कारण उद्योग ठप्प भएको ठहर

महाप्रबन्धक न्यौपानेका कारण टाट पल्टिँदै उदयपुर सिमेन्ट : क्लिंकर उत्पादन छैन, झूटो प्रचार !

सिमेन्ट उत्पादन बन्द भएपछि उदयपुर सिमेन्टका महाप्रबन्धक गोपिकृष्ण न्यौपाने ‘फरार’ !

जाँचपासै नगरिएको कोइला प्रयोग गरेर उदयपुर सिमेन्ट ध्वस्त बनाउँदै महाप्रबन्धक न्यौपाने