काठमाडौं । ललितपुरको पुलचोकस्थित होटल स्क्वायर अघि पीडित पक्षले आन्दोलन गरेको छ । गत भदौ १५ गते जावलाखेलका स्थानीय ४१ वर्षिय सजिलमान शाक्य स्वमिङ पुलमा पौडी खेल्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका थिए । उनी विगत ५ महिनादेखि कोमामा छन् । होटलको लापरबाहीका कारण सजिलमानको अवस्था यस्तो भएको भन्दै शाक्य परिवारसहित स्थानीयले आन्दोलन गर्दै आएका छन् ।
शाक्यले स्वीमिङ पुल छेउको स्पट लाइटमा छुँदा करेन्ट लागेको थियो । पीडितपरिवारले होटलका दुई जना सञ्चालकविरूद्ध जाहेरी दिएका थिए । यसअघि ललिता भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो भने होटलकी प्रबन्ध निर्देशक रोमी अर्याल आज मात्रै पक्राउ परेकी छन् । ललिता भण्डारी माघ ६ गते पक्राउ परकी थिइन् यद्यपी अदालतले उनलाई अहिले हाजिर जमानीमा छाडेको छ । उनी रोमी अर्यालकी सासु हुन् ।

न्यायको माग गर्दै सजिलमानका बाबु पुस्करमान शाक्यले अहिलेसम्म आफूहरुले शान्तिपूर्ण रुपमा प्रतिवाद गर्दै आएको र यदि आफूहरुले न्याय नपाए भोलि कडा रुपमा प्रस्तुत हुन बाध्य हुने बताए । उनले भने,“अहिलेसम्म त हामी नबोलिकनै शान्तिपूर्ण रुपमा आन्दोलन गर्दै आएका छौं । भोलि योभन्दा बढी हुन सक्छ त्यसैले विचार गर्न आग्रह गर्छु। होटलको सानो लापरबाहीले आज मेरो छोराको यस्तो हालत भएको छ । कानुनको मापदण्डअनुसार नै यस्ता होटलहरु सन्ञ्चालन हुनुपर्छ । हामीले ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालयमा बुझाएका छौं । अहिले होटल सञ्चालक रोमी अर्यालले आत्मसमर्पण गर्नुभएको छ उहाँलाई लगेर अब अदालतमा हाजिर गराउँछ बाँकी अनुसन्धान गरेर तारिखमा छाड्छ या राख्छ हामीलाई थाहा छैन तर उहाँलाई जुन अनुसन्धान र कारबाही हुनुपर्ने हो त्यो हुनु पर्छ ।”

पाटन स्वास्स्थ्य विज्ञान प्रतिष्ठानका बरिष्ठ चिकित्सक सम्मिलित उच्चस्तरिय समितिले सजिलमानको हातमा करेन्ट लागेको पुष्टि गरेको थियो । तर होटल स्क्वायर प्रशासनले भने यो कुरा अस्विाकार गर्दै आएको छ । प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा घटनाको अनुसन्धान गरिरहेको छ ।
सजिल मानकी श्रीमती रजीना मानन्धर शाक्यले अब रोमी अर्याल नभाग्न चेतावनी दिएकी छन् । उनले आजको प्रदर्शमा बोल्दै उनी अहिलेसम्म भाग्दै आएको र अब भने उम्किन नसक्ने बताएकी हुन् । “होटल सन्ञ्चालक रोमी अर्याल तपाई जति भाग्नु अहिलेसम्म अब चाहीँ सक्नु हुन्न । हामीलाई पिडा दिएर तपाई भाग्दै हिड्न सक्नु हुन्न,” उनले भनिन् ।
सन्ञ्चालक अर्याल प्रहरी सामु आत्मसमर्पण गरेकी होटल सन्ञ्चालक अर्यालमाथि निष्पक्ष रुपमा छानबिन गरेर दोषीलाई कारबाही गर्नसमेत आग्रह गरेकी छन् ।
घाइते भएका सलिजमान शाक्यको मेडिसिटी अस्पताल र माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा पनि निको नभएपछि अहिले जावलाखेलस्थित घरमै उपचार भइरहेको छ । यस घटनापछि होटलमाथि कारबाही गर्न र न्याय माग गर्दै पटकपटक प्रदर्शन हुँदै आएको छ ।
सम्बन्धित समाचार
सजिलमानको न्यायको लागि होटल स्क्वायर अगाडी प्रदर्शन (फोटो फिचर)
स्विमिङ गर्दा करेन्ट लागेर ५ महिनादेखि कोमामा, अपराध लुकाउन होटल स्क्वायर प्रशासनको झुट !
होटल स्वायरका सञ्चालक ललिता भण्डारी पक्राउ, रोमी अर्याल भने अझै फरार
‘स्विमिङ पुलमा करेन्ट छोडेर मृत्युको मुखमा पुर्याउने होटल स्क्वायरका संचालक’ जोगाउन चलखेल !
सजिलमानमाथि स्विमिङ्ग पुलमा करेन्ट लागेको पुष्टि : होटल संचालकलाई किन हुँदैन कारबाही ?
होटल स्क्वायरको लापरबाही विरुद्ध ललितपुरवासी आन्दोलित : करेन्ट लागेर ‘कोमामा’ बिरामी