७ दिने अल्टिमेटम सकियो, श्री लालीगुराँस सहकारीको मुख्य कार्यालय प्रवेश गर्ने ढोका बन्द (भिडियो)

दियो पोस्ट  

काठमाडौं । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको मुख्य कार्यालयको प्रवेशद्वार फेरी बन्द भएको छ । २ सय ६ वर्ष पुरानो ऐतिहासिक समय फल्चा पुनर्निर्माण उपभोक्ता समितिले फल्चा निर्माणमा सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले निरन्तर अवरोध गरेपछि मुलद्वार नै बन्द गरिएको हो ।

 

 

 

समितिले मंगलबार ललितपुर नगर प्रहरी र स्थानिय प्रहरीको रोहबरमा सहकारीको भवन अगाडी रहेको समय फल्चाको १ आना १ पैसा सरकारी जग्गा जस्ताले बेरबार पारेको हो । यो सँगै सहकारीको भवन प्रवेशमा अवरोध भएको छ ।
यसअघि गत असोज ११ गते उच्च अदालत पाटनको पछिल्लो आदेशका आधारमा फल्चा पुनर्निर्माण उपभोक्ता समितिले सहकारीको प्रवेशद्वारमै जस्ताले बाटो बन्द गराएर फल्चा निर्माण थालेको थियो ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले कर्मचारीलाई फल्चा निर्माणमा अवरोध गर्न खटाएपछि पुल्चोकबासीले गेट नै बन्द गरेर बार लगाएका थिए । सहकारीले भवनको नक्सा पास गराउँदा समेत उत्तर तर्फ ढोका र बाटो बनाउने उल्लेख गरेपनि नक्सापास विपरित पूर्व तर्फ बाटो र सटर बनाएको थियो ।

 

एक हप्ता अघि स्थानियबासीले बारबेर गरेर सहकारीका कर्मचारीलाई समेत लखेटेका थिए । घटनास्थलबाट भागेका सिइओ भण्डारी सिडिओ कार्यालय पुगेर आश्रय लिएका थिए । सिडिओ घनश्याम उपाध्यायले वार्ताका लागि भन्दै मेयर चिरिबाबु महर्जन र उपभोक्ता समितिका अध्यक्ष रोविन महर्जनलाई कार्यालयमा बोलाएका थिए ।

 

कार्यालयमा भएको छलफलमा भण्डारीले पूर्वतर्फबाट प्रवेशद्वार दिन अनुनय गरेका थिए । उनको प्रस्तावमा मेयर महर्जन र उपभोक्ता समितिका अध्यक्ष रोविनले असहमति जनाएपछि सिडिओले नै अनुनय गरेका थिए ।

 

सिडिओ उपाध्यायको अनुनयकै कारण भण्डारीले ७ दिने अल्टिमेटम् पाएका थिए । सोही ७ दिने अल्टिमेटम आज सकिएपछि फल्चा निर्माण उपभोक्ता समितिले मूल प्रवेशद्वारामा जस्ताले बार लगाएको हो ।

 

 

भिडियो

 

श्री लालीगुराँस सहकारीबाट बचत रकम निकाल्न ७ दिने ‘अल्टिमेटम’, त्यसपछि ढोका ‘बन्द’ !

समय् फल्चा मास्ने गिरोहको सेटिङ : सर्वोच्च र उच्च अदालतलाई लत्याएर जिल्ला अदालतको आदेश

‘फल्चाको भग्नावशेष’ हत्याएर श्री लालीगुराँस सहकारीको भवन : यी हुन् सम्पदा मास्ने अभियुक्त !

‘ठगीधन्दाको समाचार रोक्न’ श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको दौडधुप !

चर्चित गायक रामकृष्ण ढकाल दम्पत्तिमाथी श्री लालीगुराँस सहकारीको चरम ज्यादती !

श्री लालीगुराँस सहकारीले पालेको ‘विचौलिया’ पत्रकार : ‘ठगी धन्दा’को समाचार रोक्न धम्की !

श्री लालीगुराँसमा सुरेन्द्र भण्डारीको ‘अर्कोधन्दा’ : आफन्त र नातागोतालाई शुन्य प्रतिशतमा ऋण !

दियोपोस्ट समाचार प्रभाव : श्री लालीगुराँस सहकारीबाट सर्वसाधरणले शेयर फिर्ता माग्न थाले !

श्री लालीगुराँस सहकारीमा ‘किर्ते ‘ कागजपत्र बनाएर करोडौं घोटाला, सरकार मौन !

श्री लालीगुराँस सहकारीको ठगीधन्दा फलोअप : बहालवाला इन्सपेक्टर यसरी बनाइए ‘कंगाल’ !

‘ठगीधन्दाको समाचार रोक्न’ श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको दौडधुप !

फलोइङ अप :: श्री लालीगुराँस सहकारीले मेरो ७ करोडको सम्पत्ति खान यसरी ‘यातना’ दियो

श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्रको ‘धन्दा’ : ऋणीको सम्पत्ति खान श्रीमतीकै नाममा कम्पनि !

युवती मार्फत सुरेन्द्र भण्डारीको शंकाष्पद कारोबार : लालीगुराँसको १ करोड ऋण, ब्याज मिनाहा !

श्री लालीगुराँस सहकारीमा सुरेन्द्र भण्डारीको ‘मोज’ : आफैले लिए ३ प्रतिशतमा करोडौँ ऋण !

‘श्री लालीगुराँस सहकारीको ‘ठगीधन्दा’ : सवा २ करोड ऋण दिएर २१ करोडको सम्पत्ति कब्जा !

श्री लालीगुराँस सहकारीको ‘ठगी’ विरुद्ध उजुरीको चाङ : अख्तियारदेखि प्रहरीसम्म भण्डारीको सेटिङ !

श्री लालीगुराँस सहकारीमा ऋण अपचलनको ‘किर्तिमानी’ : भण्डारीकै कम्पनीलाई अर्बौं ऋण !

श्री लालीगुराँस सहकारीको रकममा भण्डारीको शंकाष्पद धन्दा : घरजग्गा दलाली गर्न करोडौँ ऋण !

श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको आर्थिक अपराध : आफन्तलाई पौने ४ करोड !

सुरेन्द्र भण्डारीको कर्तुत : जय लालीगुराँस मार्फत ‘अन्डरभ्यालुएशन’ गर्दै ऋणीको सम्पत्ति हत्याउँदै !