सुरेन्द्र भण्डारीको नयाँ ‘फन्डा’ : आफ्नो आर्थिक अपराध’ लुकाउन रामकृष्ण ढकालको बद्नामी !

दियो पोस्ट  

काठमाडौं, २५ साउन । श्री लालीगुराँस सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले अर्बौं रकम हिनामिना गरेका छन् । दियोपोस्ट डटकमले प्रमाणसहितको समाचार पर्दाफास गर्दै आइरहेको छ । प्रकाशित समाचारको प्रमाण सहित खण्डन गर्न पाउने कानुनी अधिकार नै छ । तर, भण्डारी भने ठूला र प्रतिष्ठित व्यक्तिको बदनामी गरेर आफ्नो आर्थिक अपराध लुकाउन तिर लागेका छन् ।


गत साउन ७ गते दियोपोस्ट डटकमले सहकारीबाट पीडित बनेका केशव पुरी सम्बन्धित समाचार प्रकाशन गरेको थियो । जसमा पुरीको दाबी थियो,‘सवा २ करोड ऋण लिएको थिएँ तर मेरो २१ करोडको सम्पत्ति श्री लालीगुराँस सहकारीले खाइदियो ।’

‘श्री लालीगुराँस सहकारीको ‘ठगीधन्दा’ : सवा २ करोड ऋण दिएर २१ करोडको सम्पत्ति कब्जा !


दियोपोस्टसँग आफ्नो पीडा सुनाएका केशव पुरीलाई बद्नामी गर्ने उद्देश्यले सबै पत्रपत्रिकामा उनको सुचना छापियो । गत साउन १३ गते सोमबार प्रकाशित सबै मुख्य दैनिक पत्रिकामा पुरी र उनकी पत्निलाई ३५ दिन भित्र लिलामीपछिको बाँकी रकम चुक्ता गर्न चेतावनी मुलक सुचना छापिएको थियो ।


सर्वसाधरणको डिपोजिट रकम ‘सहकारीको’ पैसाबाट मुख्य दैनिक पत्रिकामा लाखौँ खर्च गरी दुष्प्रचार गरेर पनि केही सिप नचलेपछि भण्डारीले केही आफू निकट सञ्चार माध्यममा ऋणीको नाम लिएरै बद्नामी गर्न थालेका थिए ।


एक अनलाईन टेलिभिजनमा भण्डारीले केशव पुरी, शितल खत्री र रामकृष्ण ढकालले मिडियाबाजी गरेको उल्लेख गरेका थिए । उनले गत साउन २२ गते पनि पत्रपत्रिकामा विज्ञप्ति छपाएरै ढकाल, पुरी र खत्रीको चरित्र हत्या गरिदिए । पीडित मध्ये ढकाल र खत्रीले दियोपोस्टसँग कुनै सम्पर्क समेत गरेका थिएनन् । पीडित पुरीले भने आफूमाथि सहकारीले अन्याय गरेको आफू सम्बन्धित प्रमाण उपलब्ध गराएका थिए ।

चर्चित गायक रामकृष्ण ढकाल दम्पत्तिमाथी श्री लालीगुराँस सहकारीको चरम ज्यादती !


कान्तिपुर दैनिक पत्रिकामा छापिएको विज्ञप्तिमा भनिएको छ,‘नीजहरुले संस्थामा चुक्ता गर्न बाँकी साँवा तथा ब्याज मिति २०७६।०४।२० गचे तपशिलको विवरणमा उल्लेखित रहेको व्यहोरा समेत जानकारी गराउँदछौँ । संस्थाले लिनुपर्ने उक्त रकम तिर्न आउनु भनी संस्थाबाट नीजहरुलाई ताकेता गर्दा संस्थाको कर्जा रकम चुक्ता गर्नको सट्टा विभिन्न संचार माध्यमहरुमा संस्थाको विषयमा भड्काउने, अपरिचित व्यक्तिहरुबाट संस्थामा फोन गरी गराई धम्काउने लगायतका कार्यहरु गरी संस्थाको ख्यातीलाई कमजोर बनाउने प्रयास गरेको हुँदा उक्त भ्रामक समाचारहरुको प्रभावमा नपरी सञ्चार माध्यमहरुमा निजले प्रचार प्रसार गरेको विषयहरुमा जानकारी लिनुपर्ने भएमा यस संस्थाको कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध गर्दछौँ ।’


सुचनामा उल्लेख गरिएका केशव पुरी, अञ्जु पुरी श्याम बहादुर खत्री, रामकृष्ण ढकाल, निलम शाह ढकाल र शितल भिडियो चलचित्र मन्दिरको सम्पत्ति लिलामी भइसकेको छ ।


खत्रीका परिवार र सहकारीबीच यसै विषयमा अदालतमा मुद्दा चलिरहेको छ । अदालतमा चलिरहेको मुद्दाको विषयमा सहकारीले सञ्चार माध्यममा दुष्प्रचार गरेपछि उनीहरुले अदालतको मानहानी गरेको बुझेका छन् । पत्रिकामा उल्लेख भएका व्यक्तिहरुलाई लिलामीपछि सहकारीले एक पटक फोन नगरेको उनीहरुको भनाई छ । ढकालको त मुद्दा चलेपछि नै सहकारी सम्पर्क विहिन भएको थियो । तर, पटक पटक सुचना जारी गर्दा पनि ऋण तिर्न नआएको भन्दै लोकलाई ढाँट्ने काम सहकारीका निर्देशक भण्डारीले गरेका छन् ।


‘लिलामी भएको ६ महिनासम्म आफूले रकम तिरेर आफ्नो सम्पत्ति फिर्ता लिन पाउने कानुनी व्यवस्था नै छ,’ एक कानुन व्यावसायी भन्छन्,‘लिलामीपछि कसरी ब्याज बढाउँदै लैजान पाइन्छ । ऋण लिँदा नै सम्पत्तिको मुल्यांकन गरिएको हुन्छ । मुल्यांकन गरिएको सम्पत्तिको कति प्रतिशत ऋण दिने भन्ने नै छ । तर लिलामी सकार्दा मुल्यांकन घटाएर सकार्ने र ऋणीलाई तनाव दिने गरिन्छ । यो फाइनान्सियल क्राइम हो ।’

के–के थियो भण्डारीको आर्थिक अपराध ?

श्री लालीगुराँस सहकारीमा सुरेन्द्र भण्डारीको ‘मोज’ : आफैले लिए ३ प्रतिशतमा करोडौँ ऋण !

दियोपोस्ट समाचार प्रभाव : श्री लालीगुराँस सहकारीबाट सर्वसाधरणले शेयर फिर्ता माग्न थाले !

श्री लालीगुराँस सहकारीमा ‘किर्ते ‘ कागजपत्र बनाएर करोडौं घोटाला, सरकार मौन !

श्री लालीगुराँस सहकारीको ठगीधन्दा फलोअप : बहालवाला इन्सपेक्टर यसरी बनाइए ‘कंगाल’ !

‘ठगीधन्दाको समाचार रोक्न’ श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको दौडधुप !

फलोइङ अप :: श्री लालीगुराँस सहकारीले मेरो ७ करोडको सम्पत्ति खान यसरी ‘यातना’ दियो

श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्रको ‘धन्दा’ : ऋणीको सम्पत्ति खान श्रीमतीकै नाममा कम्पनि !

युवती मार्फत सुरेन्द्र भण्डारीको शंकाष्पद कारोबार : लालीगुराँसको १ करोड ऋण, ब्याज मिनाहा !

श्री लालीगुराँस सहकारीमा सुरेन्द्र भण्डारीको ‘मोज’ : आफैले लिए ३ प्रतिशतमा करोडौँ ऋण !

‘श्री लालीगुराँस सहकारीको ‘ठगीधन्दा’ : सवा २ करोड ऋण दिएर २१ करोडको सम्पत्ति कब्जा !

श्री लालीगुराँस सहकारीको ‘ठगी’ विरुद्ध उजुरीको चाङ : अख्तियारदेखि प्रहरीसम्म भण्डारीको सेटिङ !

श्री लालीगुराँस सहकारीमा ऋण अपचलनको ‘किर्तिमानी’ : भण्डारीकै कम्पनीलाई अर्बौं ऋण !

श्री लालीगुराँस सहकारीको रकममा भण्डारीको शंकाष्पद धन्दा : घरजग्गा दलाली गर्न करोडौँ ऋण !

श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको आर्थिक अपराध : आफन्तलाई पौने ४ करोड !