
पशुपतीमा कोटीहोम महायज्ञ सुरु भएसंगै दियो पोष्टले श्रीङखलाबद्ध कोटिहोमका प्रमुख संकल्पकर्ताको रूपमा रहेका बिजय भण्डारी उर्फ श्री बिजय कृष्णमुर्ती महाराजका बारेमा प्रमाण सहित रिपोर्टङ गर्दै आएको छ । यस विषयमा पशुपति विकास कोष, प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय काठ्माडोंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई समेत जानकारी गराएका थियाै ।
शुक्रबार पशुपती कोटिहोम महायज्ञको समापनको दिन थियो । समापन पश्चात राती करिब १० बजेको सेरोफेरोमा गौशला प्रहरीको टोली बिजय भण्डारी उर्फ श्री बिजय कृष्णमुर्ती महाराज जीलाई गरफ्तार गर्न गएपछी पशुपती क्षेत्र तनावग्रस्त भएको थियो । महाराजलाई समाउन आएको विषय महाराजले आफ्नो फेसबुक लाइभ मार्फत सारा समर्थकहरुलाई राती नै पशुपतीमा आउन आह्वान गरेका थिए । यस विषयलाई लिएर महाराजका समर्थकले आज केही स्थानमा प्रदर्शन समेत गरेका छन ।
अहिले यो विषयले एक्कासी ठुलो रुप लिएको छ । बिजय भणडारी उर्फ बिजय कृष्णमुर्ती महाराजले आफ्नोअपराध लुकाउन र प्रहरीकाे कारबाहीबाट बच्न यसलाई धर्म माथीकाे हमलाका रूपमा अफह्वा फैलाईरहेका छन ।
हामीले गरेको श्रीङखलाबद्ध रिपोर्टिङका लिङ्कहरू निम्न रहेका छन । यि रिपाेर्टले तपाईं महाराज अनि अहिले भैरहेकाे घटनालाई नजिकबाट बुझ्न सहयाेग हुनेछ ।
ठगी आरोपमा पटक पटक जेल बसेका धर्मगुरु भण्डारीद्वारा पशुपतिमा ‘कोटीहोम’ ! ( भिडियाे रिपाेर्ट सहित )
ठगी अभियुक्त धर्मगुरुको समाचार रोक्न दियोपोस्टलाई दबाव, कार्यालयमा शंकाष्पद व्यक्ति ( भिडियाे सहित )
पशुपतिमा ‘कोटीहोम’ : ‘ठग महाराज’ बिजय भण्डारीले प्रयोग गरेका ९ अस्त्र ( भिडियाे सहित )
देवी प्रतिभालाई प्रश्न गरेको भन्दै पशुपति कोटिहोममा पत्रकारमाथि निर्घात कुटपीट
ठगी मुद्दामा दोषी ठहर भएका ‘ठग महाराज’लाई प्रहरीले दियो ‘सफाई’ पाएको प्रमाणपत्र
‘ठग महाराज’को अपराध लुकाउन रचिएको ‘रजतपट’ : द प्रकाश सुवेदी शो
सेकुवा खाने ‘ठग महाराज’को छिपेको कथा : श्रीमती बिचल्ली, अर्की महिलासँग मस्ती (भिडियाेसहित)