श्री लालीगुराँस सहकारीको ‘ठगीकाण्ड’ २ वर्षअघि नै सिआइबीमा, एआइजी पुष्कर कार्कीकै ‘संरक्षण’ !

दियो पोस्ट  

काठमाडौं, १९ कार्तिक । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी ऋणीको बहुमुल्य घरजग्गा लिलामी गर्ने र लिलामपछि आफ्नै कम्पनि मार्फत मुल्यांकन गर्ने र अन्डर भ्यालुएशन गरेर आफै सकार्ने गरेको तथ्य यसअघि नै आइसकेको छ । आफ्नो सम्पत्ति अन्डर भ्यालुएशन गरेर ठगी गरेको विषयमा २०७४ सालमै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीमा उजुरी परेको पाइएको छ । तर, तत्कालिन सिआइबी प्रमुख हालका एआइजी पुष्कर कार्कीको मिलमतोमा ठगीमा समलग्न सहकारीमाथि प्रहरी कारबाही राकिएको खुलाशा भएको छ ।
‘सिआइबीले २ वर्ष अघि नै श्री लालीगुराँस सहकारीका सञ्चालक सुरेन्द्र भण्डारी र सहकारीका उच्च अधिकारीमाथि अन्डर भ्यालुएशन गरी ठगी गरेको अभियोगमा मुद्दा चलाउनुपर्ने हो,’ सिआइबीकै एक उच्च अधिकारीले दियोपोस्टसँग भने,‘त्यतिबेला के कारणले छानबीननै रोकियो हामीले भन्न सकिने अवस्था छैन ।’

सहकारीले सिस्टर कम्पनि खडा गरेर लिलामका नाममा ऋणीको सम्पत्ति कौडीको भाउमा हत्याउने गरेको तथ्य दियोपोस्टले नै सार्वजनिक गर्दै आएको थियो ।


पुल्चोकमा कार्यालय रहेको श्री लालीगुराँस सहकारीकै सिस्टर कम्पनि जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनि मार्फत अन्डर भ्यालुएशन गर्ने गरेको पाइएको थियो ।


ललितपुरकै स्थानियबासी केशव पुरीको श्री लालीगुराँस सहकारीले आफ्नै सहायक कम्पनि जय लालीगुराँस इन्भेष्टमेन्ट मार्फत अन्डर भ्यालुएशन गरेर करोडौंको सम्पत्ति कौडीको भाउमा हत्याएको पाइएको थियो ।


पुरी सहित उनका साझेदारहरुले २०६७ अषाढमा ललितपुर महानगरपालिका वडा नम्बर ७ नख्खुको जग्गा खरिद गरेको थियो । उनीहरुले कित्ता नम्बर ८५, ११७, ८७, ९३,९५,१०१, १०२ र ८८ नम्बरको ४ रोपनी ७ आना ३ पैसा जग्गा खरिद गरे ।

लालीगुँरास सहकारीबाट २ करोड २० लाख ऋण लिइएको थियो । तर केशव पुरीको भागमा ९० लाख मात्रै ऋण थियो । ऋण लिएको एक वर्षसम्म उनीहरुले सहकारीलाई ब्याज बुझाइरहेका थिए ।

उनको नामको सोही जग्गा सहकारीले २०७० माघमा अन्डर भ्यालुएशन गरेर सकारेको पाइएको छ । उक्त मुद्दा यतिबेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले २ वर्षअघि नै दर्ता गरेर अनुसन्धान गरेपनि तत्कालिन एआइजी कार्कीको स्वार्थका कारण मुद्दा अघि नबढेको सम्बद्ध स्रोतको दाबी छ ।


उच्च स्रोतका अनुसार सहकारीमाथिको ठगी अभियोगमा छानबीन गर्न ठूलो आर्थिक चलखेल भएको थियो ।


‘म राष्ट्रबैंकमा गभर्नरलाई भेट्न गएको थिएँ । गभर्नरकै सिफारिसको आधारमा म सिआइबीमा उजुरी गर्न पुगेँ । तत्कालिन डिआइजी पुष्कर कार्कीले सिरियस रुपमा लिएर यो कारबाही अघि बढ्छ भन्नु भएको थियो,’ पीडित केशव पुरीले दियोपोस्टसँग भने,‘पछि केकति कारणले त्यो छानबीन नै रोकियो हामीलाई कुनै जानकारी आएन ।’


सिआइबीले त्यतिबेला नै गरेको अनुसन्धानमा ‘अन्डर भ्यालुएशन गरी ठगी गरेको ठहर गरेको थियो । तर, तत्कालिन उच्च प्रहरी अधिकारीकै मिलेमतोमा अनुसन्धान रोेकिएपछि यतिबेला त्यो विषय समेत छानबीनको दायरामा आउने भएको छ ।

पुरीको स्वामित्व रहेको उक्त जग्गा सहकारीले ७६ लाख रुपैयाँमा सकारेको थियो । उक्त जग्गाको हालको मुल्यांकनमा ३० करोड रुपैयाँ भन्दा माथि छ ।


सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले नख्खुको उक्त जग्गा सहकारीकै महिला कर्मचारी र आफ्ना आफन्तको नाममा नामसारी गरिसकेको समेत पाइएको थियो ।

त्यस्तै पुरीकै स्वामित्व रहेको ललितपुरको गोदावरी स्थित किटिनी गाविस वडा नम्बर ९ को कित्ता नम्बर १७ को ७ रोपनी ९ आना जग्गाको मुल्यांकन यतिबेला १० देखि १५ करोड छ । तर, सहकारीले भने एक करोड ६ लाख रुपैयाँमा सकारेको पाइएको थियो । गोदावरीको जग्गा भने अन्डर भ्यालुएशन गरेर पनि सहकारीकै नाममा राखिएको छ ।


हाल सिआइबीले छानबीन गरिरहेको उक्त फाइल अघि नबढाउन समेत शक्तिकेन्द्रहरुको दबाव रहेको पाइएको छ । सिआइबीका डिआइजी निरज बहादुर शाहीले शक्तिकेन्द्रकै दबावका आधारमा श्री लालीगुराँस सहकारीको ठगी प्रकरण छानबीन अघि नबढाएको स्रोत बताउँछ ।


कार्की भन्छन्,‘सबै केश कण्ठ पारेर बसिदैन’


यस विषयमा नेपाल प्रहरीका एआइजी पुष्कर कार्कीलाई सम्पर्क गर्दा आफू सिआइबीमा कार्यरत रहँदा पीडितले मुद्दा दिएको स्विकार गर्छन् । यद्धपी सबै प्रक्रियाबारे आफूलाई कुनै जानकारी नभएको उनले बताए ।


‘म हुँदा छानबीन सुरु भएको थिएन जस्तो लाग्छ । मलाई याद छैन । लालीगुराँसको कुरा चाहीँ भएको थियो । तर पछि भिक्टिमहरु आएनन्,’ कार्कीले दियोपोस्टसँग भने,‘निवेदनमै केही कम्प्लिकेशन थियो । पछि कुरा गर्न आउनुस् भन्दा आउनु भएको थिएन जस्तो लाग्छ । त्यसपछि त्यतिकै अड्किएको हो । सिआइबीमा मुद्दा आएपछि टेक्निकल कमिटिले बसेर हेर्छ । त्यो बेला फाइनान्सियल क्राइमहरु धेरै हेरेको थियो । २ वर्षअघिको कुरा सिआइबीलाई नै सोध्नुस् । सबैको केश कण्ड पारेर बसिँदैन नी होइन र !’

‘श्री लालीगुराँसले लिलामी गरेको रामकृष्ण ढकालको घरमा सुरेन्द्र भण्डारीकै दाजुको परिवार बसेको खुलाशा !

श्री लालीगुराँस सहकारीले पालेको ‘विचौलिया’ पत्रकार : ‘ठगी धन्दा’को समाचार रोक्न धम्की !

श्री लालीगुराँसमा सुरेन्द्र भण्डारीको ‘अर्कोधन्दा’ : आफन्त र नातागोतालाई शुन्य प्रतिशतमा ऋण !

दियोपोस्ट समाचार प्रभाव : श्री लालीगुराँस सहकारीबाट सर्वसाधरणले शेयर फिर्ता माग्न थाले !

श्री लालीगुराँस सहकारीमा ‘किर्ते ‘ कागजपत्र बनाएर करोडौं घोटाला, सरकार मौन !

श्री लालीगुराँस सहकारीको ठगीधन्दा फलोअप : बहालवाला इन्सपेक्टर यसरी बनाइए ‘कंगाल’ !

‘ठगीधन्दाको समाचार रोक्न’ श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको दौडधुप !

फलोइङ अप :: श्री लालीगुराँस सहकारीले मेरो ७ करोडको सम्पत्ति खान यसरी ‘यातना’ दियो

श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्रको ‘धन्दा’ : ऋणीको सम्पत्ति खान श्रीमतीकै नाममा कम्पनि !

युवती मार्फत सुरेन्द्र भण्डारीको शंकाष्पद कारोबार : लालीगुराँसको १ करोड ऋण, ब्याज मिनाहा !

श्री लालीगुराँस सहकारीमा सुरेन्द्र भण्डारीको ‘मोज’ : आफैले लिए ३ प्रतिशतमा करोडौँ ऋण !

‘श्री लालीगुराँस सहकारीको ‘ठगीधन्दा’ : सवा २ करोड ऋण दिएर २१ करोडको सम्पत्ति कब्जा !

श्री लालीगुराँस सहकारीको ‘ठगी’ विरुद्ध उजुरीको चाङ : अख्तियारदेखि प्रहरीसम्म भण्डारीको सेटिङ !

श्री लालीगुराँस सहकारीमा ऋण अपचलनको ‘किर्तिमानी’ : भण्डारीकै कम्पनीलाई अर्बौं ऋण !

श्री लालीगुराँस सहकारीको रकममा भण्डारीको शंकाष्पद धन्दा : घरजग्गा दलाली गर्न करोडौँ ऋण !

श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको आर्थिक अपराध : आफन्तलाई पौने ४ करोड !

‘ठगीधन्दाको समाचार रोक्न’ श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको दौडधुप !

सिफारिस