श्री लालीगुराँस सहकारीको ‘झूट’ फेरी पराजित : समय् फल्चा निर्माण गर्न उच्च अदालतको आदेश !

diyopost.com
दियो पोस्ट  आइतबार, आश्विन १०, २०७८ | २०:३४:३३

काठमाडौं । ललितपुरको २ सय वर्ष पुरानो समय् फल्चा पुनर्निर्माण कार्य रोक्ने श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको प्रयास फेरी विफल भएको छ ।

सर्वोच्च अदालतको पटक पटकको आदेश र फैसलालाई लत्याउँदै उनले उच्च अदालत पाटनमा आफ्नै सहकारीको करोडौं ऋण अपचलनमा समलग्न सब्बु सिंह भण्डारीलाई प्रयोग गरेर मुद्दा दायर गरेका थिए । सहकारी भवनमै ‘होम प्रो फर्निसिङ’ नामक पर्दा पसल सञ्चालन गरेर बस्ने उनले सहकारीको करोडौं रकम शुन्य प्रतिशत ब्याजमा अपचलन गर्दै आएकी छिन् ।

उनै सब्बु सिंहले पछिल्लो पटक ललितपुर महानगरपालिकाले पुनर्निर्माण थालेको ऐतिहासिक समय् फल्चा निर्माण विरुद्ध उच्च अदालत पाटनमा मुद्दा हालेकी थिइन् । उनको मुद्दा सुनुवाई गर्दै गत भदौ २९ गते उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्यालको इजलाशले कारण देखाउसहित फल्चा निर्माण रोक्न अन्तरिम आदेश जारी गरेको थियो ।

आइतबार उच्च अदालत पाटनका न्यायाधीश किरण प्रसाद पोखरेल र माधव प्रसाद पोखरेलको संयुक्त इजलाशले यसअघि जारी भएको अन्तरिम आदेश निष्क्रिय हुने भन्दै फल्चा निर्माण सुचारु गर्न आदेश दिएको हो ।

कुपण्डोल–जावलाखेल सडकखण्ड अन्तर्गत पुल्चोकमा रहेको ऐतिहासिक समय् फल्चा निर्माण रोक्न श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले पटक पटक सर्वोच्च अदालत, जिल्ला अदालत ललितपुर र उच्च अदालत पाटनमा झूटो मुद्दा दायर गर्दै आएका छन् ।

सर्वोच्च अदालतमा उनले दायर गरेको झूटो अभियोग पराजित भएपछि उनले जिल्ला अदालतमा सर्वोच्चको फैसलालाई लुकाएर फेरी अर्को मुद्दा दायर गरेका थिए । उनले दायर गरेको मुद्दामा जिल्ला अदालत ललितपुरले अन्तरिम आदेश दिँदै फल्चा निर्माणमा अवरोध गरेको थियो ।

तर, सर्वोच्च अदालत र उच्च अदालतका विभिन्न आदेश तथा फैसलाहरु लुकाएर निवेदन दिएको पाइएपछि जिल्ला अदालत ललितपुरले अन्तरिम आदेश निष्क्रिय गर्दै फल्चा निर्माण सुचारु गर्न आदेश दिइसकेको थियो । सोही आदेश अनुसार फल्चा निर्माण शुरु भएको केही दिनमै भण्डारीले फेरी अर्को मुद्दा दायर गरेका थिए । अदालतलाई झूट र भ्रमजालमा पारेर उनले गरेको यो पछिल्लो प्रयास पनि पराजित भएको छ ।

समय् फल्चा मास्ने गिरोहको सेटिङ : सर्वोच्च र उच्च अदालतलाई लत्याएर जिल्ला अदालतको आदेश

‘फल्चाको भग्नावशेष’ हत्याएर श्री लालीगुराँस सहकारीको भवन : यी हुन् सम्पदा मास्ने अभियुक्त !

 

सम्बन्धित खबर