* कोरोना महामारीमा पनि रोकिएन श्री लालीगुराँस सहकारीको फट्याइँ : छुटको नाममा झूटको खेती !

दियोपोस्ट संवाददाता

काठमाडौं, २२ असार । कोरोना भाइरस कोभिड १९ को महामारीबीच मुलुकभरका जनता खुलेर घर बाहिर निष्कन सकेका छैनन् । यस्तोमा सरकारले घोषण गरेको लकडाउनका साना तथा ठूला व्यावसाय ठप्प नै छ । तर, केही बैंक तथा वित्तिय संस्था भने यस्तो महामारीमा पनि कमाउन र रकम उठाउनमा व्यस्त छन् ।

ठूला वित्तिय संस्थाहरुले नै आफ्ना ग्राहकसँग किस्ता रकम मागेर हैरान पारिरहेका छन् । पुल्चोकमा कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले भने कारोना महामारीबीच आफ्ना ग्राहकलाई ‘अफर’ भन्दै फट्याइँ गरेको पाइएको छ ।


ऋणी तथा सेवाग्राहीलाई ऋणको ब्याज र हर्जानामा छुट दिने भन्दै सामाजिक सञ्जालमा झूटो प्रचार गरी कयौँ ऋणीलाई व्याज र हर्जानामा छुट नै नदिएको पाइएको छ । सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले आफैले यस्ता सुचना जारी गर्ने तर, उक्त सुचना अनुसार ब्याज र हर्जाना रकम बुझाउन आएका ऋणीलाई भने छुट नदिने गरेको पाइएको छ ।


लालीगुराँसले गत जेठ २ गते कोभिड १९ को कारण भन्दै आषाढ मसान्तसम्म व्याज रकममा ५० प्रतिशत चुक्ता गरे ३ प्रशित छुट दिने सुचना सार्वजनिक गरेको थियो । त्यस्तै १०० प्रतिशत व्याज रकम बुझाए १ सय प्रतिशत छुट र हर्जाना रकम १ सय प्रतिशत छुट दिने बताएको थियो ।
ब्याज छुट सम्बन्धी सुचना सामाजिक सञ्जाल फेसबुकमा डलर खर्च गरी बुष्ट समेत गरिएको थियो । यस्तै सुचनालाई पछ्याएर ब्याज बुझाएका ऋणीले ब्याज र हर्जानामा कुनै छुट नपाएको गुनासो गरेका छन् ।


‘छुट भन्ने के हो हामीले थाहा पाएनौँ । गत असार १४ गते सहकारीमा हामीले हर्जाना र ब्याज शत प्रतिशत नै बुझायौँ,’ छुट नपाएको गुनासा गर्दै एक ग्राहकले भने,‘सामाजिक सञ्जालमा झुटो सुचना सार्वजनिक गरिएको रहेछ ।’


अर्का एक ऋणी पनि सामाजिक सञ्जालमा सुचना देखेपछि ब्याज र हर्जानामा छुट पाउने आशामा शत प्रतिशत रकम बुझाएको गुनासो दियोपोष्टसँग गरेका छन् । तर, उनलाई पनि सहकारीले छुट दिनुको सट्टा पुरै रकम असुलेको उनी बताउँछन् ।


सामाजिक सञ्जालमै अर्का एक व्यक्तिले भने आफूहरुलाई सहकारीले ढाँड भाँचेर मलाम लगाएको नाटक गरेको बताएका छन् । ‘ढाड भाँचेर मलाम लगाए जस्तो भयो नी । एक हातले ३ प्रतिशत र ५ प्रतिशत छुट दिए जस्तो गर्ने अर्को हातले १ सय प्रतिशत माग्ने यो सरासर गलत छ,’ ती व्यक्तिको प्रश्न छ ।

त्यसो त श्री लालीगुराँस सहकारीले चर्को व्याज अशुली गरिरहेको छ । आफू भने शुन्य प्रतिशतमा ऋण निकालेर घरजग्गा दलालीमा लगानी गर्ने सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले अन्यलाई भने २१ प्रतिशत समेत ब्याज अशुली गरिरहेका छन् । २१ प्रतिशत ब्याज अशुली गर्ने उनको सहकारीले ३ प्रतिशत छुट दिएको नाटक गरेपनि १८ देखि १९ प्रतिशत भने अशुली गर्छ नै ।


सहकारी विभागले ल्याएको नयाँ नियमावली अनुसार सहकारीले १७ प्रतिशत भन्दा बढी व्याज लिन पाउँदैनन् । तर, श्री लालीगुराँसले भने चर्को व्याज अशुली गर्ने गरेको छ ।

‘हामीलाई छुट दिने भनेर झूटको खेती गरिएको छ,’ एक अर्का ऋणीको प्रश्न छ,‘हामीले ऋण गरेर बुझाएको छुट पाउँछौँ की भनेर सहकारीलाई बुझायौँ तर, के को पाउनु । कोरोना महामारीमा समेत फट्याइँ गर्नेमाथि के कारबाही होला ?’

यसअघि यस समाचारमा भूलबस अर्को लालीगुराँस सहकारीको बिल प्रयोग भएकाले सच्याइएको छ । धन्यवाद ।

लालीगुराँस भित्रका अन्य बेथिति तलको लिंकमा पढ्नुहोस्

श्री लालीगुराँस सहकारीले पालेको ‘विचौलिया’ पत्रकार : ‘ठगी धन्दा’को समाचार रोक्न धम्की !

श्री लालीगुराँसमा सुरेन्द्र भण्डारीको ‘अर्कोधन्दा’ : आफन्त र नातागोतालाई शुन्य प्रतिशतमा ऋण !

दियोपोस्ट समाचार प्रभाव : श्री लालीगुराँस सहकारीबाट सर्वसाधरणले शेयर फिर्ता माग्न थाले !

श्री लालीगुराँस सहकारीमा ‘किर्ते ‘ कागजपत्र बनाएर करोडौं घोटाला, सरकार मौन !

श्री लालीगुराँस सहकारीको ठगीधन्दा फलोअप : बहालवाला इन्सपेक्टर यसरी बनाइए ‘कंगाल’ !

‘ठगीधन्दाको समाचार रोक्न’ श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको दौडधुप !

फलोइङ अप :: श्री लालीगुराँस सहकारीले मेरो ७ करोडको सम्पत्ति खान यसरी ‘यातना’ दियो

श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्रको ‘धन्दा’ : ऋणीको सम्पत्ति खान श्रीमतीकै नाममा कम्पनि !

युवती मार्फत सुरेन्द्र भण्डारीको शंकाष्पद कारोबार : लालीगुराँसको १ करोड ऋण, ब्याज मिनाहा !

श्री लालीगुराँस सहकारीमा सुरेन्द्र भण्डारीको ‘मोज’ : आफैले लिए ३ प्रतिशतमा करोडौँ ऋण !

‘श्री लालीगुराँस सहकारीको ‘ठगीधन्दा’ : सवा २ करोड ऋण दिएर २१ करोडको सम्पत्ति कब्जा !

श्री लालीगुराँस सहकारीको ‘ठगी’ विरुद्ध उजुरीको चाङ : अख्तियारदेखि प्रहरीसम्म भण्डारीको सेटिङ !

श्री लालीगुराँस सहकारीमा ऋण अपचलनको ‘किर्तिमानी’ : भण्डारीकै कम्पनीलाई अर्बौं ऋण !

श्री लालीगुराँस सहकारीको रकममा भण्डारीको शंकाष्पद धन्दा : घरजग्गा दलाली गर्न करोडौँ ऋण !

श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको आर्थिक अपराध : आफन्तलाई पौने ४ करोड !

‘ठगीधन्दाको समाचार रोक्न’ श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको दौडधुप !

चर्चित गायक रामकृष्ण ढकाल दम्पत्तिमाथी श्री लालीगुराँस सहकारीको चरम ज्यादती !

‘श्री लालीगुराँसले लिलामी गरेको रामकृष्ण ढकालको घरमा सुरेन्द्र भण्डारीकै दाजुको परिवार बसेको खुलाशा !

सम्बन्धित खबर