काठमाडौं, २४ वैशाख । २ सय वर्ष पुरानो समय् फल्चा हडपेर भौतिक संरचना बनाएको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको भवन भत्किने भएको छ । भवनको अघिल्लो पट्टि रहेको गेटसहिटको भाग अन्तत : भत्काउनु पर्ने भएको हो ।
ललितपुर महानगरपालिकाले २ सय वर्ष पुरानो समय फल्चा निर्माण गर्न भन्दै ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । तर, शिलान्यास हुने बेला सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले जिल्ला अदालत काठमाडौंमा ललितपुर महानगरपालिका विरुद्ध समय् फल्चा निर्माण रोकी पाउँ भन्दै निवेदन दिएका थिए ।
सोही निवेदनलाई आधार बनाएर जिल्ला अदालत ललितपुरले सर्वोच्च अदालतको फैसला तथा आदेशलाई लत्याएर समय फल्चा निर्माण रोक्न आदेश दिएको थियो । तर, मंगलबार जिल्ला अदालत काठमाडौंले उक्त समय फल्चा निर्माण रोक्नुपर्ने यसअघिको अन्तरकालिन आदेश खारेज गरेको छ ।
सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले जिल्ला अदालतलाई समेत झूटो निवेदन दिएको पाइएको छ । समय फल्चा निर्माणको विषयमा सर्वोच्च अदालतको पटक पटकको आदेशबारे कुनै विषय नै उल्लेख नगरि भण्डारीले जिल्ला अदालतमा मुद्दा दायर गरेको जिल्ला अदालतको ठहर छ । ‘उल्लेखित सर्वोच्च अदालत समेतको विभिन्न फैसलाहरुलाई वादीले फिरादपत्र तथा अन्तरकालिन आदेश जारी गरी पाउँन दिएको निवेदनमा कहीँ कतै उल्लेख गरेको देखिएन,’ जिल्ला अदालतको फैसलामा भनिएको छ ।
जिल्ला अदालतका न्यायाधीश देव कुमारी गिरीको एकल इजलाशको आदेशमा भनिएको छ,‘उल्लेखित अवस्थालाई हेर्दा कित्ता नम्बर २२७ को सरकारी जग्गामा ललितपुर महानगरपालिकाले सडक फुटपाथको मापदण्डलाई कायमै राखी उक्त समय फल्चा पाटी निर्माण गर्न लागेको अवस्था देखिँदा उल्लेखित सर्वोच्च अदालतको विभिन्न मितिका उल्लेखित फैसलाहरुको आधार समेतबाट पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गष्री मिति २०७८।५।२ मा भएको अन्तरकालिन आदेशलाई निरन्तरता दिई राख्नु पर्ने अवस्था देखिएन कानुन बमोजिम गर्नु ।’
जिल्ला अदालतको यस्तो आदेश आएपछि ललितपुर महानगरपालिकाले आज विहिबार नै फल्चाको शिलान्यास गरेको छ । मेयर चिरिबाबु महर्जनले उक्त फल्चाको शिल्यान्यास गरेका हुन् ।
फल्चा निर्माण सकिएपछि श्री लालीगुराँस सहकारी भवन भित्र प्रवेश गर्ने बाटो नै बन्द हुने स्थानियबासीको भनाई छ । त्यस्तै सहकारीका कार्यकारी निर्देशक भण्डारीले उक्त घर भएको जग्गाधनीलाई ७ करोड रुपैयाँमा उक्त घर डिल गरेको स्रोतले बताएको छ । तर, उक्त जग्गाधनीलाई एक करोड रुपैयाँ अझै नदिएको स्रोतले जनाएको छ ।
श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीबारे यसअघि दियोपोस्ट डटकममा प्रकाशित समाचार क्लिक गरेर पढ्नुहोला
- ‘ठगीधन्दाको समाचार रोक्न’ श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको दौडधुप !
- चर्चित गायक रामकृष्ण ढकाल दम्पत्तिमाथी श्री लालीगुराँस सहकारीको चरम ज्यादती !
- श्री लालीगुराँस सहकारीले पालेको ‘विचौलिया’ पत्रकार : ‘ठगी धन्दा’को समाचार रोक्न धम्की !
- श्री लालीगुराँसमा सुरेन्द्र भण्डारीको ‘अर्कोधन्दा’ : आफन्त र नातागोतालाई शुन्य प्रतिशतमा ऋण !
- दियोपोस्ट समाचार प्रभाव : श्री लालीगुराँस सहकारीबाट सर्वसाधरणले शेयर फिर्ता माग्न थाले !
- श्री लालीगुराँस सहकारीमा ‘किर्ते ‘ कागजपत्र बनाएर करोडौं घोटाला, सरकार मौन !
- श्री लालीगुराँस सहकारीको ठगीधन्दा फलोअप : बहालवाला इन्सपेक्टर यसरी बनाइए ‘कंगाल’ !
- ‘ठगीधन्दाको समाचार रोक्न’ श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको दौडधुप !
- फलोइङ अप :: श्री लालीगुराँस सहकारीले मेरो ७ करोडको सम्पत्ति खान यसरी ‘यातना’ दियो
- श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्रको ‘धन्दा’ : ऋणीको सम्पत्ति खान श्रीमतीकै नाममा कम्पनि !
- युवती मार्फत सुरेन्द्र भण्डारीको शंकाष्पद कारोबार : लालीगुराँसको १ करोड ऋण, ब्याज मिनाहा !
- श्री लालीगुराँस सहकारीमा सुरेन्द्र भण्डारीको ‘मोज’ : आफैले लिए ३ प्रतिशतमा करोडौँ ऋण !
- ‘श्री लालीगुराँस सहकारीको ‘ठगीधन्दा’ : सवा २ करोड ऋण दिएर २१ करोडको सम्पत्ति कब्जा !
- श्री लालीगुराँस सहकारीको ‘ठगी’ विरुद्ध उजुरीको चाङ : अख्तियारदेखि प्रहरीसम्म भण्डारीको सेटिङ !
- श्री लालीगुराँस सहकारीमा ऋण अपचलनको ‘किर्तिमानी’ : भण्डारीकै कम्पनीलाई अर्बौं ऋण !
- श्री लालीगुराँस सहकारीको रकममा भण्डारीको शंकाष्पद धन्दा : घरजग्गा दलाली गर्न करोडौँ ऋण !
- श्री लालीगुराँस सहकारीका निर्देशक सुरेन्द्र भण्डारीको आर्थिक अपराध : आफन्तलाई पौने ४ करोड !
- सुरेन्द्र भण्डारीको कर्तुत : जय लालीगुराँस मार्फत ‘अन्डरभ्यालुएशन’ गर्दै ऋणीको सम्पत्ति हत्याउँदै !